मनोरञ्जन

गायक हरि दत्त फुलाराको ‘हुरी सरी’ सार्वजनिक (भिडियो)

गायक हरि दत्त फुलाराको ‘हुरी सरी’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायक हरि दत्त फुलाराको नयाँ आधुनिक गीत  सार्वजनिक गरिएको छ । उनको ‘हुरी सरी उडि रहन्छ कता कता..’ बोलको नयाँ गीत सार्वजनिक गरिएको हो । गायक फुलाराले केही दिनअघि मात्रै  सँगैसँगै हिँडे पनि’ बोलको गीत स्रोता-दर्शकको माझ ल्याएका थिए ।

 

‘हुरी सरी उडि रहन्छ कता कता..’ यो गीतमा शब्द-संगीत गायक फुलाराकै रहेको छ ।  गायक फुलाराका यसअघि ‘हसायो मायाँले’, ‘सम्झनामा डुबायर’, ‘मैले मन पराएँ’, ‘गीत तिमि संगित तिमी’, ‘मेरो देश’, ‘नक्कली’ बोलका गीत बजारमा आइसकेका छन् । र, स्रोतादर्शकले राम्रो रुचाएका छन् । झण्डै डेढ दशकदेखि नेपाली सङ्गीतमा लागि पर्दै आएका गायक फुलारा पछिल्लो समय अलग्गै पहिचान बनाउँदै गएका छन् ।

 

भारत, काँशी हिन्दु विश्व विद्यालयबाट शास्त्रीय संगीत अन्तर्गत गायन बिधामा माष्टर डिग्री गरेका गायक फुलारा पश्चिम नेपाल धनगढीका स्थानीय वासिन्दा हन् । उनले त्यहाँको सैनिक आवासिय महाविद्यालयमा दुई वर्ष संगीत प्रशिक्षकको रुपमा काम गरेपश्चात २०७१ सालबाट काठमाडौंलाई कर्मथलो बनाएर गीत, संगीतको क्षेत्रमा क्रियायाशिल रहँदै आएका छन्।

">

गायक हरि दत्त फुलारा