विदेश मनोरञ्जन

भारतीय अभिनेता कादार खानको निधन

भारतीय अभिनेता कादार खानको निधन

एजेन्सी । भारतीय अभिनेता कादर खानको ८२ वर्षको उमेरमा मंगलबार निधन भएको छ । उनको क्यानडास्थित एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि भेन्टिलमा राखिएको थियो । उनी केही वर्षयता अस्वस्थ थिए ।

 

छोरा सरफराजले पिटिआइलाई कादर खानको मृत्यु भएको समाचारको पुष्टी गरेको भारतीय सञ्चार माध्यम नवभारत टाइमले जनाएको छ । उनलाई प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी डिसअडर थियो, जसका कारण उनको मष्तिस्कले काम गर्न बन्द गरेको थियो ।

 

सन् १९३७ अक्टोबर २२ मा जन्मिएका खानले सन् १९७३ मा दाग फिल्मबाट अभिनयमा 'इन्ट्र' गरेका थिए । त्यसपछि उनले ३०० बढी फिल्ममा काम गरेका छन् । उनले २५० भन्दा बढी फिल्मका लागि सम्बाद पनि लेखेका छन् ।

कादर खान