अर्थ शेयर कर्पोरेट

सेयर बजारमा तहल्का , माथिल्लो तामाकोशीको सेयर मुल्यमा एकै दिन ५० प्रतिशतले वृद्धि

सेयर बजारमा तहल्का , माथिल्लो तामाकोशीको सेयर मुल्यमा एकै दिन ५० प्रतिशतले वृद्धि

काठमाडौं । माथिल्लो तामाकोशीको सेयरमूल्यमा एक्कासी भारी वृद्धि भएपछि सेयर बजार तरङ्गित भएको छ । 
आइतबारबाट बारोबार शुरु भएको तामाकोशीको सेयरमूल्य आज दोस्रो दिनमा नै करिब ५० प्रपितशतले वृद्धि भएको हाे । 


हिजो अधिकतम २२४.६७ प्रतिकित्ता सेयरमूल्य रहेको यो कम्पनीको आज एकाएक वृद्धि भएर ३३६ पुगेको छ । 

सेयर बजारको रामान्य नियम पनि लागु नगरिएको भन्दै बजारमा लगानिकर्ताहरु आक्रोसित भएका छन् । सेयर बजारको नियम अनुसार एक कम्पनीको सेयरमूल्य एक दिनमा बढिमा १० प्रतिशतसम्म वृद्धि हुन पाउछ । तर तामाकोशीले भने यो हद हदैसम्म नागेको सेयर विज्ञहरुले बताइरहेका छन् । 


यो घटनालाई लिएर आज बजारमा होहल्ला मच्चिएको छ भने सामाजिक संजालका भित्ताहरु क्रिया प्रतिक्रियाले भरिएका छन् । कतिपयले त नेप्सेको चर्को आलोचना समेत गरेका छन् । 

 

कसरी भयो सेयरमूल्य वृद्धि ?

सेयर बजारमा अस्वभाविक रुपमा माथिल्लो तामाकोशीको सेयरमूल्य वृद्धि भएपछि नेपाल स्टक एक्सचेञ्जले आफ्नो प्राविधिक कमजोरीका कारण माथिल्लो तामाकोशीको शेयर मूल्यमा भ्रम सृजना हुन पुगेको भन्दै क्षामायचना गरेको छ । नेप्सेले तामाकोशीको शेयर कारोबार  समेत रद्द गरेको छ ।

 

सिस्टममा उत्पन्न खराबीका कारण तामाकोशीको शेयर मूल्य अस्वभाविक देखिन गएको र सो समस्या समाधानका लागि प्राविधिक टोली लागी परेको नेप्सेले जनाएको छ ।

 

नेपाल स्टक एक्सचेञ्जको सूचकमा सोमबार कारोबार सुरु भएको केहि मिनेटमै तामाकोशीको शेयर मूल्य अस्वभाबिक रुपमा बढेको देखिएको थियो । 

 

देखाईयो प्राविधिक कमजोरी

यस्तो गम्भिर गल्तिमा पनि नेप्सेले प्राविधिक कमजोरी भन्दै उम्कने कोषिश गरेको छ । पटक पटक गल्ति गर्दै आएको नेप्सेले कहिले कुल कारोबार रकम र उपसूचकहरुको कारोबार जोड्दा आउने रकम फरक देखाउने गरेको छ त कहिले बजार पूँजीकरणको रकम गलत देखाउछ ।

 

मार्केट डेफ्थमा त झनै ठूलो समस्या छ । लगानीकर्ताहरुले बारम्बार प्रश्न गर्दा नेप्से प्राविधिक कमजोरी भएकोले सच्याइने छ भनेर उम्कने गरेको छ । जनताको पैसा माथि खेलबाड हुँदा नेप्से एउटा प्रतिक्रिया दिएर उम्कन पाउँदैन । यस विषयमा नेप्से गंभिर भएको पनि देखिएन ।

 

लगानीकर्ताको वर्षौं देखिएको माग र दवाव पछि ल्याईएको अनलाईन प्रणालीप्रति उठेका प्रश्नको जवाफ नेप्सेले दिनु पर्दछ । महंगो प्रविधि भित्र्याएको दाबी गर्ने नेप्सेले प्रणालीमा देखिएका यस्ता गंभिर लापरबाहीलाई आगामी दिनमा जारी राखे नेप्सेको विश्वसनियतामाथि लगानीकर्ताले प्रश्न उठ्ने जानकारहरु बताउछन् ।
 

नेपाल स्टक एक्सचेञ्ज