देश

औषधि गर्न नेपालजञ्ज हिँडेका आमाछोरा मृत फेला

औषधि गर्न नेपालजञ्ज हिँडेका आमाछोरा मृत फेला

रुकुम । सिस्ने गाउँपालिका–६ की ३० वर्षीया रेनुका केसी शाह र उनका २० महिनाका नाबालक छोरा एटियम शनिबार जंगलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जनाएको छ । 

 

उनी पुस २६ गते औषधि गर्न नेपालगञ्ज जाने भन्दै घरबाट निस्केकी थिइन्। घरदेखि तीन किलोमिटर टाढाको उदीनढुंगा भन्ने जंगलमा छोरा झुन्डिएको र आमा भुइँमा लडेको अवस्थामा फेला परेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले बताए । दाउरा काट्न जंगल गएका स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

 

आमाको पनि घाँटीमा डोरीको दाग रहेकोले डोरी चुँडिएको हुनसक्ने उनले बताए । प्रारम्भिक अनुसन्धानबाट छोराको हत्यापछि आमाले पनि आत्महत्या गरेकोजस्तो देखिएको र बाँकी कुरा भने शव परीक्षण र थप अनुसन्धानपछि मात्रै खुल्ने प्रहरी नायब उपरीक्षक तिम्सिनाले बताए ।

मृत्यु