विदेश राजनीति

भारतीय राष्ट्रपतिद्वारा नेपाली भाषामा ट्वीट

भारतीय राष्ट्रपतिद्वारा नेपाली भाषामा ट्वीट

काठमाडौं । भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले नेपाली भाषामा ट्वीट गर्दै नेपालका सेनापतिलाई सम्मान गरेको फोटो सार्वजनिक गरेका छन् ।शनिबार राष्ट्रपति कोबिन्दले आफ्नो आधिकारिक अकाउन्ट ट्वीटरमा नेपाली भाषामै नेपालका सेनापति पूर्णचन्द्र थापाको तारिफ गरेका हुन् । 

 

नेपालका सेनापति श्री पूर्णचन्द्र थापालाई भारतीय राष्ट्रपति कोबिन्दले सम्मान गरेका फोटो उनले सार्वजनिक गरेका छन् । थापाले नेपाली सेनाका लागि गरेका योगदान र भारतसँगको मैत्रीपूर्ण सम्बन्धको प्रगाढताको लागि दिएको योगदानको सम्मान गर्दै राष्ट्रपति कोबिन्दले उनलाई भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान गरेका छन् । 


 

रामनाथ कोबिन्द