खेल

 मुलरलाई दुई खेलमा प्रतिवन्ध

 मुलरलाई दुई खेलमा प्रतिवन्ध

एजेन्सी । जर्मन क्लब वार्यन म्युनिखका फरवार्ड थोमस मुलरलाई दुई खेलको प्रतिवन्ध लागेको छ । अजाक्सका खेलाडी निकोलास ताग्लिएफिकोको टाउकोमा किक हानेकाले मुलरलाई प्रतिवन्ध लगाइएको हो ।

 

मुलरले गएको डिसेम्बरमा भएको समूह चरणअन्तर्गतको खेलमा ताग्लिएफिकोको टाउकोमा किक हानेका थिए ।उनले अब च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ का दुई खेल गुमाउने छन् । जर्मनीका मुलरले च्याम्पियन्स लिगका १०७ खेलमा ४२ गोल गरेका छन् । उनले आफूमाथि लगाइएको प्रतिबन्धविरुद्ध अपिल गरेका छन् ।

थोमस मुलर प्रतिवन्ध