प्रवास

युएईमा ९ जना नेपालीलाई १० ग्राम सुन उपहार

युएईमा ९ जना नेपालीलाई १० ग्राम सुन उपहार

अल अहलिया एक्सचेन्ज युएईको विन्टर प्रोमोसन योजनामा ९ जना नेपालीले सुन उपहार पाएका छन् । साप्ताहिक प्रोमोसनमा उनीहरुले १०/१० ग्राम सुनको सिक्का जितेका हुन् ।

 

यो योजनामा साप्ताहिक प्रोमोसनमा हरेक हप्ता १ जनालाई १० ग्राम र मेघा पुरस्कारमा एकजनालाई १ केजी सुन उपहार राखिएको थियो । १ केजी सुन भने भारत कोलकत्ताका संजित मण्डलले जितेका छन्

 

सुन उपहार पाउने नेपालीहरुमा वीजेन्द्रप्रसाद मण्डल, टीकाराम श्रेष्ठ, दिक्षीत पोखरेल, विजयकुमार झा, खिमबहादुर गैरे, भीमबहादुर महत, तासी शेर्पा, रवी सहानी र सुजन तामाङ्ग छन् ।

 

एक्सचेन्जले आफ्ना ग्राहकलाई लक्षित गरी गत नोभेम्बर ७ देखि जनवरी ६ तारिखसम्म विन्टर प्रोमोसन योजना संचालन गरेको थियो । उपहार जित्नेहरुलाई बिहीबार एक्सचेन्जको रस अल खेमा शाखामा एक कार्यक्रमकाबीच उपहार हस्तान्तरण गरिएको थियो ।

सुन उपहार