मनोरञ्जन

नरेन्द्र मोदीको बायोपिकमा विवेकको यस्तो लुक्स

नरेन्द्र मोदीको बायोपिकमा विवेकको यस्तो लुक्स

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक फिल्म पिएम नरेन्द्र मोदीको फर्स्ट लुक पोस्टर रिलिज भएको छ । सो फिल्ममा विवेक ओबरोय नरेन्द्र मोदीको भूमिकामा देखिँदै छन् ।

 

सार्वजनिक फर्स्ट लुकमा विवेक प्रधानमन्त्री मोदीको लुक्ससँग म्याच गर्न निकै प्रायस गरेको देखिएको छ। पछाडि आफ्नो देशको राष्ट्रिय ध्वजा फहराएको छ भने उनी गेरु वस्त्रमा सालिन तरिकाले उभिएका देखिन्छन्।

 

उक्त फिल्मको पोस्टर २३ भाषामा सार्वजनिक गरिएको छ। पोस्टर लन्च महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फणनवीसले गरेका थिए। फिल्मलाई ओमंग कुमारले निर्देशन गरेका हुन् भने सुरे‍श ओबरोय र सन्दीप सिंहले प्रोडक्सन गरेका हुन्। फिल्मको रिलिज मिति तोकिएको छैन। 

नरेन्द्र मोदी