मुख्य समाचार

प्रधानमन्त्री ओली र जापानी विदेश मन्त्री कोनोबिच भेटवार्ता

प्रधानमन्त्री ओली र जापानी विदेश मन्त्री कोनोबिच भेटवार्ता

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका जापानका विदेश मन्त्री तारो कोनो र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । विदेश मन्त्री कोनोले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

 

भेटमा दुई देशबिचको सम्बन्ध र आपसी सहयोगका बारेमा कुराकानी भएको जनाइएको छ । यस्तै, कोनोको बिहीबार नै जन्मदिन परेकाले प्रधानमन्त्री ओलीले उनलाई जन्मदिनको शुभकामना पनि दिए । ओलीले कोनोलाई शुभकामनासहित पुष्पगुच्छा प्रदान गरेको उनको निजी सचिवालयले जनाएको छ ।

 

कोनोले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने छन् । बुधबार नेपाल आएका कोनो र उनका समकक्षी प्रदीप ज्ञवालीबिच भेटवार्ता भइसकेको छ र दुवै मन्त्रीले दुई देशबिचको सीधा हवाई सेवाबारेको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली विदेश मन्त्री तारो कोनो