राजनीति

विवेकशिल साझामा चुलिँदै विवाद, थापा समूहको अनुपस्थितिमै सम्पूर्ण विभाग भंग गर्दै केन्द्रीय समिति विस्तार

विवेकशिल साझामा चुलिँदै विवाद, थापा समूहको अनुपस्थितिमै सम्पूर्ण विभाग भंग गर्दै केन्द्रीय समिति विस्तार

काठमाडौं । विवेकशील साझा पार्टीमा पूर्वविवेकशील (उज्वल थापा) समूहको अनुपस्थितिमै सम्पूर्ण विभाग भंग गर्दै केन्द्रीय समिति विस्तार गरिएको छ । पार्टी केन्द्रीय कार्यालय बखुन्डोलमा गत मंगलबार बसेको संयोजन समितिको बैठकले दुई जनसंगठन गठनसमेत गरेको छ । 

 

संयोजन समितिको निर्णय अनुमोदन गर्न आगामी सोमबार बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने तयारी छ ।  केन्द्रीय सदस्यमा महिलातर्फ गण्डकी प्रदेशबाट सुशीला केसी अधिकारी, प्रदेश ५ बाट सरस्वती पन्थी र सुदूरपश्चिम प्रदेशबाट शैलु श्रेष्ठ तथा पुरुषतर्फ ल्यामबहादुर दर्जी र इसुजंग कार्कीलाई थप गरिएको छ । यस्तै, युवा संगठनको नेतृत्व अब्दुस मिया र महिला संगठनको नेतृत्व सोभिता परियारलाई दिइएको छ ।  प्रदेश १ को संयोजकको जिम्मेवारी अनिल भेटवाललाई दिइएको छ । त्यस्तै पार्टीका सम्पूर्ण विभाग विघटन गरिएको छ ।  

 

पूर्वविवेकशीलका अध्यक्षसमेत रहेका साझाका संयोजक उज्ज्वल थापा उपस्थित भएनन् भने नेताहरू रमेश पौडेल र डा. अनुसा थापाले अस्वस्थताका कारण उपस्थित हुन नसक्ने जानकारी नेतृत्वले दिएको छ । संयोजन समितिमा संयोजकद्वय मिश्र र थापासहित रमेश पौडेल, केशव दाहाल, डा. अनुसा थापा, मुमाराम खनाल, निरुपमा यादव र डा. सूर्यराज आचार्य छन् । यो खबर आजको नयाँपत्रिका दैनिकबाट लिइएको हो ।

विवेकशील साझा