समाचार इतिहासमा आज देश

जापानी विदेशमन्त्री कानोले मनाए बालुवाटारमा ५६औं जन्मदिवस

जापानी विदेशमन्त्री कानोले मनाए बालुवाटारमा ५६औं जन्मदिवस

काठमाडौं । जापानका विदेशमन्त्री कानो तारोले आज प्रधानमन्त्री निवास बालुवाटारमा जन्मदिवस मनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्ता क्रममा कानोले आफ्नो ५६औं जन्मजयन्ती मनाएका हुन् । 

 

बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेपाल र जापानबिच भएको हवाई सम्झौताका बारेमा प्रधानमन्त्री ओलीसँग छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए।

 

प्रधानमन्त्रीसँगको भेटका क्रममा कानोले जापानले कृषि क्षेत्रमा समेत लगानी गर्न इच्छा देखाएको परराष्ट्रविद भट्टराईले जानकारी दिए । 


उनका अनुसार नेपाली श्रमिकहरु लैजानका लागि माघ महिना भित्रै सबै कानुनी प्रक्रिया टुंग्याउने बारेमा पनि छलफल भएको छ । 
आजै विदेशमन्त्री कानो तारोको जन्मदिन परेकाले सो अबसरमा प्रधानमन्त्री ओलीले उनलाई बधाई दिएका हुन् ।

बालुवाटार