स्वास्थ्य

यसकारण मर्छ मान्छे

शनिबार, २३ भदौ २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

यसकारण मर्छ मान्छे

मृत्यु किन हुन्छ ? यो एकदम गाह्रो प्रश्न हो र जवाफ धेरै भ्रामक छ । तर, वास्तविक जवाफ दिनुअघि, केही गलत धारणाबारे स्पष्ट हुन जरुरी छ । यस प्रश्नको जवाफ हाम्रो डिएनए र जिनको जटिल तन्त्रमा छ ।


भ्रम १ : हामी यसकारण मर्छौं, ताकि भविष्यमा नयाँ पिँढीका लागि स्थान सुरक्षित होस् ।

-जिन धेरै स्वार्थी हुन्छन् र प्रत्येक व्यक्तिको शरीर यी जिन संकलन गर्ने माध्यम हो । यी जिनहरू भविष्यका पिँढीहरूमा पनि पुग्न चाहन्छन् । आमाबुबा र छोराछोरी एउटै स्रोतको प्रयोग गर्छन् । त्यसैले प्रकृतिले आमाबुबाको मृत्युपछि त्यसको उपयोग गर्ने नयाँ पिँढी जन्माउँछ ।

 

आमाबुबामा रहेको जिन छोराछोरीमा सर्ने सम्भावना ५० प्रतिशत रहन्छ । तर, आमाबुबामा त्यो जिनको सम्भावना एक सय प्रतिशत नै रहन्छ । किनभने, तिनीहरूसँग पहिले नै सो जिन हुन्छ । यसकारण, विकासक्रममा यो अनिवार्य छैन कि छोराछोरीले आफ्नो आमाबुबाको मृत्युपछि उनीहरूको स्थान लिनुपर्छ ।


भ्रम २ :  हामी मर्दछौँ, किनभने हाम्रो डिएनए खराब हुन्छन् र हाम्रो उमेर बढ्दै जान्छ ।

-यो कुरा खराब गाडी चलाउनेहरूको मृत्यु रक्तश्रावका कारण हुन्छ भनेको जस्तै हो । रक्तश्राव केवल एक प्रक्रिया हो, जसले मानिसलाई मृत्युसम्म पुर्‍याउँछ । तर, मृत्युको कुनै विकासवादी कारण भने होइन ।

 

-जब हाम्रो शरीरका कोषिकाहरू विभाजित हुन्छन्, कहिलेकाहीँ तिनीहरू उत्परिवर्तनका कारण क्षतिग्रस्त हुन्छन् । उत्परिवर्तनले सेलहरू खराब गर्न वा नष्ट गर्न सक्छन् । यो खराब भए पनि समस्या त्यति जटिल भने होइन । तर, कहिलेकाहीँ ठूलो उत्परिवर्तनले केही गम्भीर जोखिम उत्पन्न गर्छन् । यसले कोषिकालाई बढ्न र आफ्नो सीमामा विभाजन गर्न सहयोग गर्छ । जसकारण क्यान्सर हुन्छ । यो खतरा समयसँगसँगै बढ्दै जान्छ ।

 

किनकि, हरेक कोषिकाहरू मर्नुभन्दा अघि केही मात्रामा मात्र विभाजित हुन्छन् । यसलाई नियन्त्रण गर्ने जिनले पनि काम गर्न छाडेको अवस्थामा भने समस्या हुन्छ । त्यसैले हाम्रो सोमेटिक कोषिकाहरू बूढो हुँदै जानु पनि हामी बूढो हुनुको एउटा कारण हो । जिन खराब र उत्परिवर्तन हुन्छन् र त्यसमध्ये केही क्यान्सरका कारण बनिदिन्छन् ।

 

-तर, डिएनए खराब हुनुलाई प्राकृतिक विकासक्रमसँग जोडेर हेर्ने गरेको पाइँदैन । यो कुरा ठीक होइन । प्रत्येक जीवको जीवनकाल र क्यान्सर दर फरक–फरक छ र यो कोषिका र डिएनएमा हुने खराबीका कारण नियन्त्रण हुँदैन ।

 

हामीले शरीरको आकार, प्राकृतिक विकास र विविधीकरणमा ध्यान दिन सक्यौँ भने डिएनएमा देखिने समस्याले यसलाई कुनै असर पार्दैन । जीवन त पर्यावरण (पारिस्थिति)सँग सम्बन्धित हुन्छ । खतरनाक जीवन जिउने स्तनधारी प्राणी कम उमेरमै मर्छन्, चाहे हामी तीनलाई खतराबाट बचाउने प्रयास देखिरहेका छौँ ।

 

-हाम्रो डिएनएमा यस्तो जिनका बन्डलहरू हुन्छन्, जसको एक मात्र काम जिनको पुरातन रूपको रक्षा गर्नु हो । पी–५३ नामक एक चलाख जिनले कोषिकाको विभाजनमा नियन्त्रणकारी भूमिका खेल्छ र सुधारको बाटो खोल्छ । यदि सुधार सम्भव छैन भने यसले कोषिकालाई आत्महत्या गर्न प्रेरित गर्छ ।

 

क्यान्सरबाट पीडित आधाभन्दा बढी मानिसमा के देखिन्छ भने उत्परिवर्तनले पी–५३ को कार्यप्रणलीमा अवरोध गर्छ । रोचक तथ्य यो छ कि अन्य स्तनधारी जीवमा पी–५३ सँग सम्बन्धित जिनका अनेक परिवार हुन्छन् । त्यहाँ यस्ता जिनका दुईवटा अलग संस्करणहरू छन्, जसले क्यान्सर हुनबाट रोक्ने काम गर्छ ।

 

-शरीरका भागहरूमा हुने स्थायी क्षति पनि यसैसँग सम्बन्धित छ । केही अंग रोगमुक्त हुन्छन् र केही अंग पुनरुत्थान हुन्छन् । तर, केही अंगमा यसो हुँदैन । जे जस्तो भए तापनि प्राकृतिक चयन यस्तो जीवको उत्पति गर्न सक्षम छ, जसले कोषिका र डिएनएमा हुने खराबीलाई सुधार्न सक्छ र आफ्ना खराब भएका अंगलाई पनि ठीक पार्न सक्छ ।

 

-उत्परिवर्तन क्रम विकासद्वारा समाधान हुन सक्छ । तर, यसले मृत्युको समाधान गर्दैन । दुर्घटनाहरू भइरहन्छन्, रोगहरू लागि रहन्छन् र यस्तो अवस्थामा जिनले हामीलाई सुरक्षित राख्ने प्रयास गरे पनि कहिलेकाहीँ हार मान्ने गर्छ । यस्तो पराजयको सामना हाम्रो जिनले गरी नै रहन्छ र यो प्रक्रियागत हुन्छ । त्यसैले हामी के भन्न सक्छौँ भने जिनले हामीलाई सुरक्षित राख्न सक्दैन, यो त केवल एक पिँढीबाट अर्कोमा सर्ने गर्दछ ।- नयाँ पत्रिकाबाट