शेयर

बैंकिङ

लिलाम शेयर खरीद गर्न प्रतिशेयर १ सय, आइतवार अन्तिम दिन

शनिबार, २३ भदौ २०७५ गते प्रकाशित
- नेपाल आज

लिलाम शेयर खरीद गर्न प्रतिशेयर १ सय, आइतवार अन्तिम दिन

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले विक्री खुला गरेको अवितरित हकप्रद शेयरमा बोलकबोल गर्ने भदौ २४ गते आइतवार अन्तिम दिन रहेको छ । कम्पनीले संस्थापक र सर्वसाधारणको गरी कुल १ लाख ३७ हजार १६ दशमलव ६४ कित्ता हकप्रद शेयर लिलामीमा विक्री खुला गरेको हो ।

 

यस अघि असार ८ देखि साउन १० गतेसम्म हकप्रद शेयर विक्री खुला गरी आवेदन माग गरेकोमा संस्थापक तर्फको १५ हजार ८ सय ६१ दशमलव ७६ कित्ता र सर्वसाधारण तर्फको १ लाख २१ हजार १ सय ५४ दशमलव ८७ कित्ता शेयर वितरण हुन नसकेको हो ।

 

लिलाम शेयर खरीद गर्न इच्छुकहरुले न्यूनतम मूल्य प्रतिशेयर रू. १ सय तोकेको हुँदा सोभन्दा बढीको मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्नेछ ।

 

आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १ सय कित्ताको लागि र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ । कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।