समाचार

केन्द्र सरकारको बजेटमा सन्तुष्ट नरहेकोः मुख्यमन्त्री राउत

शनिबार, २३ भदौ २०७५ गते प्रकाशित
- नेपाल आज

केन्द्र सरकारको बजेटमा सन्तुष्ट नरहेकोः मुख्यमन्त्री राउत

पोखरा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले, 'केन्द्र सरकारको बजेटमा मुख्यमन्त्रीहरू सन्तुष्ट नरहेको बताएका छन् ।' उनले भने, ‘संघीय सरकारबाट कुनै पनि प्रदेशका मुख्यमन्त्री सन्तुष्ट छैनन् । प्रदेशलाई अधिकार दिने सवालमा संघीय सरकार तयार देखिरहेको छैन ।’

 

राउतले भने, आफ्नो मुख्य एजेन्डा र मिसन भनेकै ‘बेटी बचाऊ, बेटी पढाऊ’ रहेको बताए । हरेक नागरिकको चेतनास्तर शिक्षामार्फत नै उकास्दा मात्र समाजको विकास हुन सक्ने राउतको विश्लेषण रहेको छ ।

 

तराई सेवा समाज पोखराले गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मुख्यमन्त्री राउतले भने, ‘पहिले बेटीलाई स्कुल पठाऔं भन्ने मुख्य मिसन हो ।’
उनले भने, ‘बद्नाम बनेको मधेसको प्रशासनिक सुधार गर्ने पनि मेरो मिसन रहेको छ । गुणस्तरीय शिक्षासँगसँगै गुणस्तरीय स्वास्थ्य र रोजगारीमा पनि काम गर्ने मिसन रहेको बताए ।’

 

उनले बताए, आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि यस विषयमा कुराकानी गरेको जनाए । ‘कास्कीको माछापुच्छ्र्रे गाउँका सबै बालबालिका स्कुल जाँदा मधेसमा नजिकै स्कुल भएर पनि जाँदैनन्’ मुख्यमन्त्री राउतले भने ।

 

मुख्यमन्त्री राउतले महिलालाई प्रोत्साहन गर्नकै निम्ति प्रदेशले बनाउने प्रहरी ऐनमा ५० प्रतिशत महिलालाई सुरक्षित गर्ने बताए । ‘प्रदेश प्रहरी ऐनमा ५० प्रतिशत सिट आरक्षण महिलालाई सुरक्षित हुने गरी ऐन बनाउँदै छु’ उनले भने ।


पोखरा–जनकपुर सिधा हवाइ सेवा छिट्टै

 

प्रदेश २ का मुख्यमन्त्री राउतले पोखरा–जनकपुर सिधा हवाइ सेवामार्फत जोडिने बताएका छन् । मुख्यमन्त्री पर्यटकीय सहर पोखरादेखि सांस्कृतिक सहर जनकपुरलाई हवाईमार्फत जोड्ने प्रक्रिया अगाडि बढेको बताए ।

 

राउतले पोखरा–जनकपुर सिधा हवाई सेवामार्फत जोड्न संघीय पर्यटन मन्त्रालय र प्रदेशबीच संवाद चलिरहेको बताए । उनले, ‘पोखरा र जनकपुर डाइरेक्ट उडान हुने कार्यमा कसरी सकिन्छ भनेर सोचिरहेका छु । अरु प्रदेशसँग पनि जकपुरलाई कसरी जोड्ने भन्ने विषयमा आफू निरन्तर लागिपरेको उनले बताए ।’

 

मुख्यमन्त्रीले, ‘जनकपुरधाम संस्कृति र परम्परामा समृद्ध रहेको बताए । उनले, जनकपुरमा कसरी अझै पर्यटक बढाउने बारे आफू लागिरहेको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि जनपुरधाममा पुग्ने पर्यटकको संख्यामा उल्लेख्य बृद्धि भएको बताए ।

 

‘मोदीजीको भ्रमणपछि जनकपुरमा धेरै पर्यटकको आएका छन्, कोही घुम्नलाई कोही बुझ्नलाई’ राउतले भने, ‘जनकपुरमा भारतको सहयोगमा एक अर्व ६० करोड रुपैयाँमा रामायण संग्राहलय बनाउँदै छौं ।’