अर्थ

बैंकिङ

मुख्य समाचार

डलरकाे भाउ ११५ नाघ्यो

बिहिबार, २१ भदौ २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

डलरकाे भाउ ११५ नाघ्यो

काठमाडौं । अमेरिकी डलरको भाउ आज पनि बढेको छ । आज १ अमेरिकी डलरको नेपाली बजार भाउ १ सय १५ रुपैयाँ ११ पैसा पुगेको छ । यो अहिलेसम्म कै महंगो हो । 

 

नेपाल राष्ट्र बैंकले विहीबारका लागि एक अमेरिकी डलरको खरिद दर १ सय १४ रुपैयाँ ५१ पैसा तथा बिक्रिदर १ सय १५ रुपैयाँ ११ पैसा तोकेको छ । 

 

भारतसँगको स्थिर विनिमय दरका कारण भारतीय मुद्रा कमजोर हुँदा त्यसको प्रभाव नेपाली मुद्रामा पनि पर्ने गरेको छ ।