मुख्य समाचार

देश

बलात्कारीलाई पाँच वर्ष कैद र एक लाख जरिवाना

बुधबार, १० असोज २०७५ गते प्रकाशित
- नेपाल आज

बलात्कारीलाई पाँच वर्ष कैद र एक लाख जरिवाना

गाईघाट । बलात्कारको अभियोगमा पक्राउ परेका एक जनालाई जिल्ला अदालत उदयपुरले पाँच वर्ष कारागार सजाय र  एक लाख रुपैयाँ दण्ड जरिवानाको फैसला गरेको छ । 

 

जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजलासले मंगलबार बलात्कारको अभियोगमा पक्राउ परेका उदयपुर त्रियुगा नगरपालिका– १४ साउने गाउँका ३६ वर्षीय शिवबहादुर राईविरुद्ध सो फैसला गरेको जिल्ला अदालतले जनाएको छ । आफ्नै छिमेकी ३३ वर्षीया एक महिलालाई राति बलात्कार गरेको अभियोग उनीमाथि लागेको थियो । 

 

०७४ फागुन २४ गते घरमा कोही नभएका बेला कोठामा गएर राईले ती महिलालाई बालात्कार गरेका थिए । पीडितले गत चैत १ गते निवेदन दिएपछि प्रहरीले उनलाई पक्राउ गरेर बलात्कारसम्बन्धी मुद्दा दर्ता गरी पुर्पक्षका लागि थुनामा राख्दै आएको थियो ।