देश

विद्यार्थीमाझ बिएससी सिएसआइटीको बढ्दो आकर्षण, पढाइपछि अवसरै अवसर

आइतबार, ०७ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

विद्यार्थीमाझ बिएससी सिएसआइटीको बढ्दो आकर्षण, पढाइपछि अवसरै अवसर

काठमाडौं । नेपालमा ब्याचलर्स अफ साइन्स इन कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी (बिएससी सिएसआइटी) को कोर्स त्रिभुवन विश्वविद्यालयअन्तर्गत विभिन्न सरकारी तथा निजी कलेजहरूमा पठनपाठन हुँदै आएको छ । यो कोर्स नेपालमा सन् २०१२ मा औपचारिक रूपमा लागू भएको हो । छोटो समयमा नै यो कोर्सले विद्यार्थीहरूको आकर्षण बटुल्न अफल भएको छ । पछिल्लो समय स्मार्ट सिटीको चर्चा चलिरहेको समयमा विभिन्न कलेजहरूले यस कोर्समार्फत प्राविधिक ज्ञान दिएर दक्ष जनशक्ति उत्पादन गरिरहेका छन् । 


विशेषगरी यो विषयले विद्यार्थीहरूमा कम्प्युटर प्राफेसनल र आइटी स्पेसियालिस्टलाई चाहिने क्षमताको विकास गर्छ । 


त्रिभुवन विश्वविद्यालयअन्तर्गत पढाइ भएको बिएससी सिएसआइटी चार वर्षीय कोर्स हो । चार वर्षीय कोर्समा आठवटा सेमेस्टर हुन्छन् । विशेषगरी आइटी र कम्प्युुटिङमा लगाव भएका विद्यार्थीले यो विषय अध्ययन गर्छन् । यस विषय अध्ययन गर्नका लागि प्लस टुमा विज्ञान पढेको हुनुुपर्छ । त्यसमा पनि न्यूनतम ‘सि ग्रेड’ ल्याउनुपर्छ । अन्य विषयमा ‘ए ग्रेड’ नै ल्याए पनि कुनै एउटा विषयमा ‘सि’ भन्दा तल छ भने यो कोर्स पढ्न पाइँदैन् । 


त्रिभुवन विश्वविद्यालयका सहायक डिन शम्भुप्रसाद कट्टेलले बताएअनुसार त्रिविअन्तर्गत काठमाडौं उपत्यकाभित्र र बाहिर गरेर करिब ५० वटाभन्दा बढी कलेजहरूमा यो विषयको पठनपाठन हुने गर्छ । नेपालमा अहिले आइटीसम्बन्धी थुप्रै संस्थाहरूको स्थापना भएको हुँदा यो विषयमा स्नातकोत्तर गर्नेहरूलाई काम गर्ने वातावरण सहज र पारिश्रमिक पनि राम्रो पाउने उनले बताए । 


यस कोर्सको अन्तिम सेमेस्टरमा इन्टर्नसिप हुन्छ । कलेजले आफ्ना विद्यार्थीहरूलाई विभिन्न संस्थाहरूमा इन्टर्नसिपका लागि पठाउँछ । उत्कृष्ट लागेका विद्यार्थीलाई नै ती संस्थाले जागिर दिन्छन् । त्यसैले बजारमा उत्कृष्ट भएर निस्किनु र आफूले सक्ने शतप्रतिशत काममा लगाव दिनु महत्वपूर्ण हुन्छ । यसमा तलबसुविधा पनि व्यक्तिको कार्यशैली र क्षमता हेरेर दिइन्छ । 


विशेषगरी बिएससी सिएसआइटी फाउन्डेसन कोर्स हो । यो पढिसकेपछि अझै दक्ष हुन्छु भन्ने चाहना छ भने स्पेसियलाइज्ड कोर्स मानिने एमएससी सिएसआइटी पढ्न सकिन्छ । औसत नेपाली विद्यार्थीहरू यो कोर्स पढ्न विदेसिने गर्छन् । अहिले त्रिविमा पनि एमएससी सिएसआइटीको कोर्स लागू भइसकेको अवस्था छ । 


खर्च


आंगिक कलेजहरूमा यो विषय पढ्न केही सस्तो छ । ४ वर्षको २ लाख २० हजारदेखि ४ लाखसम्म खर्च हुन्छ । यो सरदर हो । निजीमा सरदर ८ लाख देखि १५ लाखसम्म पर्छ ।


यो विषय प्रयोग हुने ठाउँहरू


यो कोर्स पढेका विद्यार्थीहरूले काम गर्न सक्ने ठाउँहरू धेरै छन् । प्राविधिक विषय भएको कारण पनि जागिरबारे धेरै टाउको नदुखाए हुन्छ । यो केर्सले कम्प्युटर साइन्स र टेक्नोलोजीबारे भित्री कुराको ज्ञान दिन्छ । स्कुले जीवनमा गणितमा पढेका अल्जेब्रा र सिमप्लिफिकेसनको प्रयोग गरेर ठूला समस्याहरू सामाधान गर्नेबारे यस कोर्सले सिकाउँछ । 


बिएससी सिएसआइटीको डिग्री लिएपछि सफ्टवेर डेभलपर, नेटवर्क एडमिनिस्ट्रेसन, डाटाबेस एडमिनिस्ट्रेसन, सिस्टम एडमिनिस्ट्रेसन, डिजाइनर, सेक्युरेटी एक्सपर्ट, सोेसल मिडिया एक्सपर्ट, क्वालिटी एसुुरेन्स,  इन्टरनेट एक्टिभिस्ट, रिसर्चर आदि थुप्रै विधामा काम गर्न सकिन्छ ।


यो कोर्स पढाउने कतिपय कलेजहरूलाई नवीकरण नगरेको आरोप पनि लाग्ने गरेको छ । मापदण्डविपरीतका कक्षाकोठा, विद्यार्थीबाट मोटो रकम बुझेर न्यून गुणस्तरको सुविधा दिनु, कार्यक्रम संयोजकमा एमएससी सिएसआइटी नगरेकालाई बनाइनु, आट्र्स पढेकालाई साइन्सको संयोेजक बनाउनु भन्नेजस्ता आरोपहरू कलेजलाई लाग्ने गरेको छ । 


यदि तपाईंहरूलाई बिएससी सिएसआइटीको अध्यापन हुने कलेजहरूबारे बुझ्नु छ भने, यो विषय पढाइ हुने काठमाडौं उपत्यकाभित्र र मोफसलका कलेजहरूका नाम, ठेगाना र सम्पर्क नम्बर यस प्रकार छन् : 

 

१. ट्रिनिटी इन्टरनेसनल कलेज
डिल्लीबजार हाइट, काठमाडौं ।
सम्पर्क टेलिफोन नम्बर :  ४४७९०७१ 

 

२. टेक्सास इन्टरनेसनल कलेज
मित्रपार्क, चाबहिल, काठमाडौं ।
सम्पर्क टेलिफोन नम्बर : ४४७९०१७

 

३. स्वस्तिक कलेज
ठिमी, भक्तपुर ।
सम्पर्क टेलिफोन नम्बर  : ६६३५१७४

 

४. सेन्ट लरेन्स कलेज
चाबहिल, काठमाडौं ।
सम्पर्क टेलिफोन नम्बर : ४४७८५८१ र ४४६०९९६

 

५. सम्बृद्धि कलेज
लोकन्थली, भक्तपुर ।
सम्पर्क टेलिफोन नम्बर : ६६३६७००

 

६. सामाजिक कलेज
लोकन्थली, भक्तपुर ।
सम्पर्क टेलिफोन नम्बर  : ६६३८४९७

 

७. सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजी
सानेपा, ललितपुर ।
सम्पर्क टेलिफोन नम्बर : ५५२७२७४


८. अर्किड इन्टरनेसनल कलेज
गौशाला, विजयचोक, काठमाडौं ।
सम्पर्क टेलिफोन नम्बर ः ४४७९७४४

 

९. न्यू समिट कलेज
पुरानो बानेश्वर, काठमाडौं ।
सम्पर्क टेलिफोन नम्बर : ४४७३९०१

 

१०. नेसनल कलेज अफ कम्प्युटर स्टडिज
पकनाजोल, काठमाडौं ।  
सम्पर्क टेलिफोन नम्बर  : ४२५१७११

 

११. नागर्जुन कलेज अफ इन्फर्मेसन टेक्नोलोजी
पुल्चोक, ललितपुर ।
सम्पर्क टेलिफोन नम्बर : ५०१०६७०

 

१२. मदन भण्डारी मेमोरियल कलेज
नयाँ बानेश्वर, काठमाडौं ।
सम्पर्क टेलिफोन नम्बर : ६२२६९५०

 

१३. काथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एन्ड मेनेजमेन्ट
बालकुमारी, ललितपुर ।
सम्पर्क टेलिफोन नम्बर : ५१८६०४६

 

१४. हिमालय कलेज अफ इन्जिनियरिङ
च्यासल, ललितपुर ।
सम्पर्क टेलिफोन नम्बर : ५५४०५५५

 

१५. हेनरी फोर्ड इन्टरनेसनल कलेज
कलंकी, काठमाडौं ।
सम्पर्क टेलिफोन नम्बर : ४२७५१९५

 

१६. कलेज अफ अप्लाइड बिजनेस
चाबहिल, काठमाडौं ।
सम्पर्क टेलिफोन नम्बर : ४४६२७३६

 

१७. काठमाडौं वर्नहार्ट कलेज
बाफल (रिंग रोड कलंकी), काठमाडौं ।
सम्पर्क टेलिफोन नम्बर :  ४६७२५०६

 

१८. एसियन स्कुल अफ मेनेजमेन्ट एन्ड टेक्नोलोजी
गोंगबु, काठमाडौं ।
सम्पर्क टेलिफोन नम्बर : ६२०४६६८

 

१९. एकेडेमिया इन्टरनेसनल कलेज
ग्वार्कोचोक, ललितपुर । 
सम्पर्क टेलिफोन नम्बर : ५५४३०३७


२०. एसियन कलेज अफ हायर स्टडिज कलेज अफ आइटी एन्ड कम्प्युटर साइन्स
पुतलीसडक, काठमाडौं ।
सम्पर्क टेलिफोन नम्बर : ४४३६३८३


२१. एबरडिन इन्टरनेसनल कलेज
जावलाखेल, ललितपुर ।
सम्पर्क टेलिफोन नम्बर : ५५३६२९८

२२. अमृत साइन्स क्याम्पस
लैनचौर, काठमाडौं ।
सम्पर्क टेलिफोन नम्बर : ४४११६३४ र ४४१०४०८


२३. पाटन मल्टिपल क्याम्पस
पाटनढोका, ललितपुर ।
सम्पर्क टेलिफोन नम्बर :  ५५४९१३३

 

२४. भक्तपुर मल्टिपल क्याम्पस
दूधपाटी १, भक्तपुर । 
सम्पर्क टेलिफोन नम्बर :  ६६१०२०० र ६६१३१९९


२५. प्राइम कलेज
नयाँबजार, खुुसिबँु, काठमाडौं ।
सम्पर्क टेलिफोन नम्बर ः ४३९००७२, र ४३६१६९०


२६. एसिएचएस कलेज अफ आइटी एन्ड कम्प्युटर साइन्स
धोबीधारा, काठमाडौं ।
सम्पर्क टेलिफोन नम्बर  : ४४३७३१८ र ४४३६३८३

 

२७. एम्बिसन कलेज
पुरानो बानेश्वर, काठमाडौं । 
सम्पर्क टेलिफोन नम्बर ः ४४६३०७९ र ४४७०८८०


२८. हेनरी फोर्ड इन्टरनेसनल कलेज (नेपालय कलेज)
कलंकी, काठमाडौं ।
सम्पर्क टेलिफोन नम्बर  ः ०१—४२७३१५९ र ०१—४२७५२०३

 

२९. सेन्ट जेभियर्स कलेज
माइतीघर, काठमाडौं ।
सम्पर्क टेलिफोन नम्बर  ः ९७७—०१—४२२१३६५ र ०१—४२४४३६

 


काठमाडौं उपत्यका बाहिरका कलेज

१. वीरेन्द्र मेमोरियल कलेज
धरान–१, सुनसरी ।
सम्पर्क टेलिफोन नम्बर: ०२५—५२७३२०

 

२. विराट मल्टिपल क्याम्पस
धरान, सुुनसरी । 
सम्पर्क टेलिफोन नम्बर: ०२५—५२७३२०


 

३. वीरेन्द्र मल्टिपल क्याम्पस
भरतपुर, चितवन ।
सम्पर्क टेलिफोन नम्बर: ०५६—५२०२५३, र ०५६—५२०६८९

 

४. बुटवल मल्टिपल क्याम्पस
बुटवल, रूपन्देही ।
सम्पर्क टेलिफोन नम्बर: ०७१—५४२८३४, ०७१—५४०१३४

 

५. पृथ्वी नारायण क्याम्पस
बगर, पोखरा, कास्की ।
सम्पर्क टेलिफोन नम्बर: ०६१—५२६८३७

 

६. रामस्वरूप रामसागर मल्टिपल क्याम्पस
जनकपुर, धनुषा ।
सम्पर्क टेलिफोन नम्बर: 

 

७. सिद्धनाथ साइन्स क्याम्पस
महेन्द्रनगर, कञ्चनपुर ।
सम्पर्क टेलिफोन नम्बर  ः ९७७—९९—२१२२०

 

८. महेन्द्र मल्टिपल क्याम्पस
नेपालगन्ज–१३, भन्सार रोड बाँके ।
सम्पर्क टेलिफोन नम्बर: ०८१—५२५५७, ०८१—५२०२७८

 

९. नेसनल इन्फोटेक कलेज
शिरोमणि टोल, वीरगन्ज–१८, पर्सा
सम्पर्क टेलिफोन नम्बर: ०५१—४१७२००

 

१०. अम्बिकेश्वरी कलेज
घोराही—११, दाङ ।
सम्पर्क टेलिफोन नम्बर: ०८२—५६३५४५, ९८४९७२४३३५

 

११. एम्स कलेज, विराटनगर ।
भानु टोल, विराटनगर—१४, मोरङ
सम्पर्क टेलिफोन नम्बर: ०२१—५३७०६०

 

१२. निस्ट कलेज बनेपा 
बनेपा—४, करुणामार्ग, काभ्रेपलाञ्चोक ।
सम्पर्क टेलिफोन नम्बर: ०११—६६०७९२

 

१३. श्रीयन्त्र कलेज ।
झापा ।
सम्पर्क टेलिफोन नम्बर  ः ९७७—२३—५८४९५०

 

१४. सुष्मा गोदावरी कलेज ।
इटहरी, सुनसरी ।
सम्पर्क टेलिफोन नम्बर: ९७७—२५—५८२७१२, ५८७४१०, र ५८१०५२

 

१५. सोच कलेज अफ आइटी
रानीपौवा—११, पोखरा, कास्की ।
सम्पर्क टेलिफोन नम्बर: ०६१—४६२२०३

 

१६. निहारिका कलेज
बरगाछी, विराटनगर, मोरङ ।
सम्पर्क टेलिफोन नम्बर: ०२१—४६३९६३

 

१७. नेपथ्य कलेज
बुटवल—१०, सुख्खानगर, रूपन्देही ।
सम्पर्क टेलिफोन नम्बर: ०७१—५४१५९६

 

१८. तिनहुँ टेक्निकल कलेज
तिलोत्तम—२, जानकीनगर, रूपन्देही ।
सम्पर्क टेलिफोन नम्बर: ०७१—६९२७९० र मोबाइल नम्बर: ९८५७०३५६८७