कला साहित्य

साहित्यकार लेकाली सम्मानित 

शनिबार, ०६ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

साहित्यकार लेकाली सम्मानित 

काठमाडौं ।  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र महिला गीतकार संघ नेपालले शुक्रबार  राजधानीमा एक विशेष कार्यक्रमकाबीच साहित्यकार राधेश्याम लेकालीलाइ सम्मान गरेको छ ।

 

प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायत दर्जनौ वरिष्ठ साहित्यकारको उपस्थितिरहेको  उक्त कार्यक्रममा साहित्यकार लेकालीलाइ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिको सम्पन्न निर्वाचनमा पहिलोपटक नेपालबाट अत्याधिक मतका साथ विजयी हुनु भएकोमा बधाई ज्ञापन गर्दै सम्मान गरिएको हो । 

 

कार्यक्रममा अनेसास नेपाल च्याप्टरका कावा अध्यक्ष एवम् प्राज्ञ उन्नती बोहरा ‘शीला’, महिला गीतकार संघ नेपालका अध्यक्ष अस्मिता भण्डारी, विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपिकृष्ण प्रसार्इं, मानचित्र संचार समूह, नारी साहित्य प्रतिष्ठानसहित २० भन्दा बढी साहित्यिक संस्थाले साहित्यकार लेकालीलाई सम्मान गरेका थिए । 

 

सम्मान कार्यक्रममा प्राज्ञ एवं गीतकार उन्नती बोहोराले नेपाली भाषा साहित्यको उत्थान र विकासका लागि अनेसासको विभिन्न पदमा रहेर लेकालीले महत्वपूर्ण योगदान दिएको बताइन् ।