कला साहित्य

क्यान्सरपीडित साथीको लागि गीत गाए गायक रामचन्द्र काफ्लेले (भिडियोसहित)

मङ्गलबार, ०२ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

क्यान्सरपीडित साथीको लागि गीत गाए गायक रामचन्द्र काफ्लेले (भिडियोसहित)

काठमाडौं । क्यान्सरपीडित साथी निरजकुमारका लागि गायक रामचन्द्र काफ्लेले सहयोगको आग्रह गर्दै गीत गाएका छन् । 

 

दुई दशकदेखि गीत लेखन र संगीत सिर्जनामा क्रियाशील रहेका निरजकुमार अहिले क्यान्सरसँग जुधिरहेका छन् । उनै सर्जकको सिर्जनालाई गायक रामचन्द्र काफ्लेले स्वरबद्ध गरेर नयाँ भिडियो सार्वजनिक गरेका छन् । सो भिडियोमा उनले निरजकुमारको उपचारका लागि सहयोगको आग्रह पनि गरेका छन् । 


गायक काफ्लेले भने, ‘यो भिडियो सार्वजनिक गर्नुको अर्थ सहयोग अभियानकाे सुरूवात र  दुःखमा हामी पनि साथ छौं भन्ने सन्देश  हो ।’