कभर स्टोरी

अन्तरवार्ता

भिडियो

निर्मलाको के कुरा अब, रोशनी र बबिताको चाहिँ शरीर जाँच्नुपर्छ (भिडियाेसहित)

शनिबार, १६ भदौ २०७५ गते प्रकाशित
- नेपाल आज

निर्मलाको के कुरा अब,  रोशनी र बबिताको चाहिँ शरीर जाँच्नुपर्छ (भिडियाेसहित)

सशस्त्र प्रहरीका अवकाशप्राप्त एआइजी डा. कृष्णकुमार तामाङलाई प्राप्त विभिन्न उपाधि मध्येको एक हो क्रिमिनोलोजीको स्नातकोत्तर । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि यतिबेला नयाँ अनुसन्धान टोलीलाई अपराधी पत्ता लगाउन मुस्किल भएको छ । आखिर किन त ? यो विषयमा एआइजी तामाङसँग कुराकानी गरेका छौं । सशस्त्र प्रहरीभन्दा अगाडि तामाङ नेपाल प्रहरीमा हुनुहुन्थ्यो । 
 

तामाङले निर्मला पन्तको हत्यामा देखिएका विविध पक्षको सूक्ष्म विश्लेषण गरेका छन् । ती विश्लेषण निम्नानुसार छनः 

 

‘यो घटना अहिले गहन विषय भएर नेपाली समाजमा आएको छ । यो घटनाक्रममा न्यायका निमित्त उठेको आवाजका क्रममा एक १४ वर्षका किशोरको पनि मृत्यु भएको छ ।  म आफै पनि सुदूरपश्चिममा डिआइजी भएर बसेको थिएँ । त्यहाँका जनता सरल छन् । सरल मानिसहरु नै आन्दोलनमा उत्रिए भने त्यसको केही सन्देश त अवश्य छ । 

 

सर्वप्रथम त कञ्चनपुरको घटना सामान्य होइन । अब त अनुसन्धान गर्न पनि गाह्रो भइसकेको छ । यदि म त्यहाँको अनुसन्धानकर्मी भइदिएको भए मैले गर्नु पर्ने केही काम अवश्य फरक हुने थियो । मिडियामा देख्दा घटनास्थलमा सर्वसाधारण जनता पनि गएका छन् । प्रहरीलाई खबर पुगेपछि प्रहरीले घटनास्थलको सुरक्षा गर्नु पर्ने हुन्छ । पीडित र पीडकबीच सामान्यतः घम्साघम्सी भएको हुन्छ । त्यस्तो अवस्थामा पीडितको शरीरमा केही न केही प्रमाण रहेकै हुन्छ । त्यही कारण शवबाट नै धेरै प्रमाण संकलन हुन सक्छ । र त्यो प्रमाणलाई विधिविज्ञान प्रयोगशालामा लैजान आवश्यक हुन्छ । पहिलो काम नै घटनास्थलको सुरक्षा गर्नुपर्छ । कुनै टेप, तार, डोरी लगाएर घटनास्थलको सुरक्षा गर्नुपर्छ । कुनै वस्तु छुन, चलाउन दिनु हुँदैन । मिडियामा आएका तस्बिरहरु हेर्दा त्यस्तो गरिएको पाइएन । 

 

त्यसरी रोकेपछि विशेषज्ञ टोलीको पहुँच नभएसम्म घटनास्थलको सुरक्षा गर्नुपर्छ । विशेषज्ञ टोलीमा फिन्गर प्रिन्टको विशेषज्ञ, क्यामेराको विशेषज्ञ, कपाल, -याल, थुक, वीर्य संकलन गर्ने विशेषज्ञ पनि हुन्छ । अर्को भनेको तालिमप्राप्त कुकुर पनि चाहिन्छ । कुकुरको प्रयोग भएको देखिएन । कुकुरको प्रयोग गरेको भए जनतालाई प्रहरीले अनुसन्धान राम्रो गरिरहेको महशुस हुने थियो । 
बलात्कृत र कर्तब्य ज्यान मुद्दा हो यो । यस्तो घटनामा मृतकको शरीरको जाँच गर्नुपर्छ । जुन अवस्थामा उनको शव भेटिएको त्यही अवस्थामा शरीरको जाँच गर्नुपर्छ ।

सामान्य तरिकाले मात्रै फोटो खिच्ने, चोटपटक अंगभंग भएको छ कि छैन भन्ने बुझ्नुपर्छ । शरीरमा कोरेको, चिथोरेको नीलडामहरु छ कि छैन त्यो पनि हेर्नुपर्छ । साथै मृतकको हातका नङ पनि काटेर परीक्षण गर्नुपर्छ । बलात्कार हुँदा पीडितले संघर्ष गरेको हुन्छ । प्रतिकार गरेको हुन्छ । त्यो बेलामा कोपरेको हुन सक्छ । त्यो बेला पीडकको छालाको मसिनो कोषिका नङमा गएको हुन्छ । जसबाट बलात्कारीविरुद्धको अकाट्य प्रमाणको रुपमा उपयोग हुन्छ । 

 

पीडितको अरु भागबाट पनि प्रमाण संकलन गर्नुपर्छ । विशेषत: यौनांगमा बढी प्रमाण हुन सक्छ । 

 

अनुसन्धानका क्रममा यो सबै किसिमका शंकालाई कायम राखेर अनुसन्धान गर्नुपर्छ । जो व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । उसलाई जुन समय लाग्यो, तीन हप्ताको समय । प्रहरीले सन्तोषजनक काम गरेन भन्ने पनि कुरा छ । पीडितको शरीरमा के कस्ता प्रमाण थियो त्यो पनि बुझ्नुपर्छ  । बालिकाको घाँटी थिचेर ज्यान लिएको भन्ने छ । मृतकका हातका औलाको नमुना संकलन गरेर शंकास्पद सबैको शरीरको जाँच गर्नुपर्छ । तर अहिले लाश जलाई सकेको छ । 

 

रोशनी (१८) बबिता (२२) को पनि घटनामा संलग्नता छ भन्ने शंका स्थानीयले शंका गरेका छन् । त्यसमा अरु पनि हुन सक्छन् । दिदीबहिनी र एसपीका छोराहरुसँग सम्बन्ध थियो कि ? आपत्तिजनक अवस्थामा निर्मलाले देखिन् कि ? यो शंकाको घेरामा राखेर अनुसन्धान गर्नु पर्छ । 

 

नयाँ स्वादका लागि रोशनी र बबिताले निर्मलालाई बोलाएको पनि हुन सक्छ । उनीहरु यौन व्यापारमा संलग्न पनि हुन सक्छन् । उनीहरुको प्रेमी एसपीका छोरा र मेयरका भतिजा हुन पनि सक्छन् । 

 

दिदीबहिनीमाथि अनुसन्धान हुनुपर्छ भन्ने जनताको माग थियो । रोशनी र बिबिताको घरमा गएकै कारण उनको हत्या भएको हो । दुवै दिदीबहिनी अविवाहित रहेछन् । उनीहरु कतै पेशेवर पो थिए कि ? प्रत्यक्ष, अप्रत्यक्ष बुझेर व्यवहार थाहा पाउनु पर्छ । उनीहरु घरमा एक्लै बस्थे । निर्जनस्थानमा उनीहरुको घर छ । तरुनी उमेरका केटीहरु देखिन्छन् । अनि शंका उत्पन्न हुनु स्वाभाविक हो । 

 

अहिले त उनीहरुमाथि पनि बयान लिइसकेको छ प्रहरीले । एसपी र मेयरका छोरामाथि शंका छ । शरीरमा नीलडाम मृतकको मात्रै होइन, उनीहरुको पनि हुनसक्छ । प्रतिकारका क्रममा पीडकको शरीरमा चिथोरेको, कोपरेको हुन सक्छ । टोकेको पनि हुन सक्छ । रोशनी, बबिता, मेयरका भतिजा र एसपीका छोराको पनि शरीर जाँच गर्नुपर्छ । अरु शंकास्पदको पनि जाँच गर्नुपर्छ । 
निर्मलाको निजी जीवनबारे पनि जाँच गर्नुपर्छ  । उनको केटा साथी थिए कि ? शिक्षकहरुसँग कुनै सम्बन्ध थियो कि ?

 

सामान्यतः बलात्कार भनेको ७० प्रतिशत भन्दा बढी बलात्कार चिनजानबाटै भएको हुन्छ । कसैले राजीखुसी यौनजन्य क्रियाकलाप गरेको हुन सक्छ । कुनै महिलाले कुनै पुरुषसँग सहमतिमा यस्तो काम गर्छ भने पुरुषको घनिष्ठ पुरुषका लागि पठाइदियो भने त्यो महिलाले कुनै पनि हालतमा स्वीकार गर्दैनन् । कि त पेशेवर नै हुनुप-यो प्रेममा मात्रै समर्पण गर्नेहरुले अरुसँग जाँदैनन् । त्यस्तो अवस्थामा महिला एक, पुरुष दुई भन्दा बढी हुन सक्छ । यो घटनामा पनि त्यस्तो भयो कि ? 

 

भिसेरा के हो ? 

जब शवको परीक्षण हुन्छ, त्यसलाई पोस्टमार्टम भन्ने गरिन्छ । भित्री कुराहरु खोतल्न भिसेरा परीक्षण गरिन्छ । मानिसको भित्री अंगको परीक्षण गर्ने विधि हो । कम्तिमा आधा गिदी, सिंगो मुटु, आधा कलेजो, आधा फोक्सो, एउटा मिर्गौला, आमसय, एक मिटर आन्द्रा र छाला चाहिन्छ । गिदीको परीक्षणले कुनै ग्यास पदार्थ सुघाएको छ कि भन्ने थाहा पाउन गिदी चाहिने हो । सिंगो मुटुमा रगत हुन्छ । रगतको परीक्षणका लागि । कलेजो पनि चाहिन्छ । यी सबै अंगको परीक्षणपछि उसको शरिरमा कुन कस्ता रसायन थिए भन्ने थाहा हुन्छ र कसरी हत्या गरियो, त्यो थाहा पाउन सकिन्छ । 

 

कण्डोम 
कन्डोमको त कुरै छाडौं । समान शारिरीक अवस्था भएको सिंगो पुरुषले पनि एक महिलालाई बलात्कार गर्न सक्दैन । यो वैज्ञानिक अध्यननबाट प्राप्त भएको कुरा हो । त्यसमाथि बलात्कार गर्ने त्यो पनि कण्डम लगाएर सम्भव छैन । किनभने बलात्कारको बेला त्यति समय नै हुँदैन पुरुषसँग । 

 

तर यदि बलात्कारको बेला दुई वा दुई भन्दा बढी बलात्कारहरु छन् भने पीडितलाई समातेर राख्न सक्छन् । कण्डम लगाएर पनि बलात्कार हुन सक्छ । तर यो चाहिँ अनुसन्धान टोलीको ध्यान अन्यत्र मोड्नका लागि यस्तो गरिएको हुन सक्छ । बेहोस वा अचेत अवस्थामा पु-याइएकोे हो भने मात्रै कण्डम प्रयोग हुन सक्छ । 

 

घटनास्थलमा शव कहाँबाट आयो, कहाँबाट ल्याएर फालियो सबै कुरा बुझ्नुपर्छ । निर्मलासँग सम्बन्धित सबैसँग बुझ्नुपर्छ । 

प्रमाण नष्ट 

कहिलेकाही शव नै नभेटाउँदा पनि हत्यारालाई समाउन सकिन्छ । निर्मलाको त शव पनि भेटिएकै हो । प्रारम्भिक अनुसन्धान पनि भएको छ । केही प्रमाण नष्ट गरेको आशंका पनि छ । सुरुमा जति राम्रोसँग प्रमाण भेटिन्छ, त्यति प्रमाण अब भेटिँदैन । अब अन्य विषयमा अनुसन्धान गरेपछि मात्रै अपराधी फेला पार्न सकिन्छ । अनुसन्धानमा जो खटिएको थियो, उसले प्रमाण नष्ट ग-यो वा कर्तव्य पालना गरेन भने त्यस्तालाई कडा कारबाही हुनुपर्छ । निलम्बन गर्ने भनेको कुनै कारबाही नै होइन । ६ महिनामा स्वतः बहाली हुन्छ । यदि यो घटनामा कुनै प्रहरीले लापरबाही गरेको देखियो भने त्यस्तालाई मुलुकी ऐन अनुसार कारबाही गर्नु पर्छ । कारावास हाल्नुपर्छ ।