कला साहित्य

कविताः अामा म असुरक्षित छु

–बीनु लुईंटेल

आइतबार, ३१ भदौ २०७५ गते प्रकाशित
- नेपाल आज

कविताः अामा म असुरक्षित छु

म हरेक गल्लीमा असुरक्षित छु आमा
त्यो सडक,घर, स्कुल, कलेज, चिया पसल
 सबै सबै ठाउँमा । 

 

तिमी सोच्छौ होला आमा 
सुनचाँदी, पैसा केही छैन छोरीसँग 
कसरी असुरक्षित हँ ? 
तर थाहा छ आमा तिमीलाई
आजभोलि छोरीसँग लुटिन धन हैन नी
स्तन र योनी हेरिन्छ । 
 

अनि आमा सानो हुँदा सकी नसकी 
छोप्ने गरेका मेरा संवेदनशील अंगलाई 
आजभोलि जताततै उदाङगो बनाइन्छ
क्षतविक्षत पारिन्छ 
टोकिन्छ,काटिन्छ चलाइन्छ । 

 

आमा म पनि धेरै धनी छु नि 
मसँग पनि स्तन र योनी छ 
यसैले त म असुरक्षित छु । 

 

यसैले आमा म जुनसुकै बेला 
टोकिन सक्छु
लुटिन सक्छु 
 र 
अन्त्यमा विक्षिप्त भएर 
पानीसमेत भन्न नपाई सधैको लागि निदाउँन सक्छु 
तर 
आमा म अहिले नै भन्छु नि 
तिमी नरुनु है 
बस चुपचाप चित्ता जलाउनू 
किनकि तिमी गरीब छौं 
न्याय किन्न सक्दिनौं मेरो लागि ।

 

यसैले आमा 
म हरेक समय 
हरेक ठाउँमा असुरक्षित छु ।