व्यापार

मुख्य समाचार

ओटोमोबाइल

असंख्य सहभागितासँगै सकियो नाडा अटो शो, के तपाईंलाई चिठ्ठा प‍‍‍‍‍‍-यो ? 

आइतबार, ३१ भदौ २०७५ गते प्रकाशित
- नेपाल आज

असंख्य सहभागितासँगै सकियो नाडा अटो शो, के तपाईंलाई चिठ्ठा प‍‍‍‍‍‍-यो ? 

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित भएको नाडा अटो शो २०१८ को आइतबार औपचारिक रूपमा समापन भएको छ । भाद्र २६ गतेदेखि सुरु भएको उक्त अटो शोको करिब ६५ हजार आजन्तुकले अवलोकन गरेको नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले जानकारी दिए । 

 

समापन समारोहमा अध्यक्ष दाहालले सबै अटोमोबाइल्सको ब्रान्डिङ अद्भुत रूपमा समापन भएको बताए । अटो शोको कारोबारको पाटो भने आफूहरूले अहिले नहेरेको बताउँदै उनले सर्वसाधारणको दह्रो उपस्थितिले पार्किङ व्यवस्थापनमा भने असहजता भएको बताए । यो वर्षको नाडा अटो शोमा ध्वनि प्रदूषण कम भएको र यसले गर्दा सबै सेवाग्राही र एग्जिबिटरहरूलाई पनि सहज  भएकोमा अध्यक्ष दाहालले संयोजक निराकार श्रेष्ठलाई धन्यवाद दिएका थिए । 

 

सानो ठाउँमा सबै कुरा व्यवस्थापन गर्न कठिन भएपनि सबै स्टलहरूमा उत्कृष्ट प्रस्तुती भएका कारण आफू निकै खुसी भएको अध्यक्ष दाहालले बताएका थिए ।
समापन समारोहमा उत्कृष्ट तीन स्टललाई विशेष सम्मान गरिएको थियो । २ ह्विलर्समा जगदम्बा मोटर्स टिभिएस र ४ ह्विलर्समा रिता अटोमोबाइल्स र पूजा इन्टरनेसनल प्राइभेट लिमिटेड(भक्सवागन) पर्न सफल भएका थिए । 
त्यसैगरी ‘लकी ड्र’ मा परेर कुलप्याड प्राप्त गर्ने विजेताहरूको नाम र कुपन नम्बर यसप्रकार छः 

 

कुपन नम्बर ००१९४३
कुपन नम्बर ००६७०३
कुपन नम्बर ००४८९९
कुपन नम्बर ०१५६५० (सुमन्त यादव)
कुपन नम्बर ००५३६३ (विजय न्यूरो)
कुपन नम्बर ०२६६३९
(नाम समावेश नभएका विजेताहरूको कुपन नम्बरमात्र समावेश भएको थियो ।)