व्यापार

कर्पोरेट

ओटोमोबाइल

नाडा अटो शो : किशोरकिशोरीको आकर्षण दुई पाङ्ग्रेमा (भिडियोसहित)

आइतबार, ३१ भदौ २०७५ गते प्रकाशित
- नेपाल आज

नाडा अटो शो : किशोरकिशोरीको आकर्षण दुई पाङ्ग्रेमा (भिडियोसहित)

काठमाडौं । यसपटकको नाडा अटो शोमा विशेष गरेर नयाँ पुस्ताका किशोरकिशोरीको भीडभाड मोटरसाइकल स्टलमा देखिएको थियो । शोमा राखिएका विभिन्न मोडेलका मोटरसाइकलका फिचर्सका सम्बन्धमा उनीहरू लगातार जान्ने कोसिस गरिरहन्थे । बिक्रेता प्रतिनिधिहरू उनीहरूको जिज्ञासाअनुरूप जवाफ दिन्थे । बिक्रेता प्रतिनिधिहरूको जवाफ चित्त बुझेमा उनीहरू आफूलाई मन पर्ने मोटरसाइकल वा स्कुटर बुक गर्थे । उनीहरू भन्थे, ‘जे कुरा गरे पनि काठमाडौंलाई सुहाउने बाइक नै हो ।’ किशोरीहरू चाहिँ स्कुटरतर्फ ढल्किएका थिए । यसपटक किशोरकिशोरीको विशेष आकर्षणको केन्द्र बनेको निम्नअनुसारका बाइक तथा स्कुटरको फिचर्स र फाइनान्सिङ व्यवस्थाको केही जानकारी प्रस्तुत गरेका छौं :

 



 

विभिन्न मोडेलका बाइक

हार्ले ८८३

आइएमई अटोमोटिभ्सले अमेरिकामा निर्मित हार्ले डेभिडसनको ‘आइरन ८८३’ मोडलको मोटरसाइकल प्रदर्शनीमा राखेको छ । यो बाइकको मूल्य ४५ लाख ८५ हजार रुपैयाँ पर्छ । नाडा अटो शोमा ८५ हजार रुपैयाँ छुट दिइएको छ । यस्तै डेनिम ब्ल्याक, ग्रेलगायत अन्य रङमा पनि बाइक उपलब्ध  छ ।
आगामी असोजदेखि गैरीधारा शो रुममार्फत मोटरसाइकल बिक्री गर्ने भएको छ ।
 
यामाहाको रे जेडआर स्ट्रिट-याली स्कुटर


यामाहा रे जेडआर ‘स्ट्रिट-याली एडिसन पावर र स्टाइलको मिलन हो । नयाँ रे जेडआर ‘स्ट्रिट-याली’ मा १ सय १३ सिसी ब्ल्यु कोर इन्जिन छ । यो स्कुटर रेड र रेसिङ ब्ल्युमा उपलब्ध छ ।

 

टिभिएसको डिजिटल स्कुटर एनटर्क 


टिभिएसका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले स्मार्ट स्कुटर एनटर्क नेपाली बजारमा ल्याएको छ । स्कुटरमा पहिलोपटक मोबाइल कनेक्ट गर्ने अप्सन छ । यसमा धेरै फिचर डिजिटल छ । यो स्कुटरको नेपाली मूल्य २ लाख २४ हजार नौसय रुपैयाँ छ ।

अपाचे आरआर ३१०


नाडा अटो शो २०१८ मा टिभिएसले आफ्नो सुपर प्रिमियम मोटरसाइकल अपाचे आरआर ३१० राखेको छ । टिभिएस अपाचे स्टेबलको पछिल्लो प्रस्तुति हो । टिभीएस अपाचे आरआर ३ सय १० मा ३ सय १२ सिसी सिंगल सिलिन्डर, फोर स्ट्रोक, फोर भल्भ, लिक्विड कुल्ड इन्जिनले ३४ पिएसप्रति २९७०० आरपिएम आउटपुट जेनेरेट गर्दछ । 

हिरो ‘एक्स्ट्रिम २०० आर’


हिरो मोटोकर्पले नयाँ मोटरसाइकल ‘एक्स्ट्रिम २०० आर’ प्रस्तुत गरेको छ । ‘एक्स्ट्रिम २०० आर’ को बजार मूल्य २ लाख ८६ हजार ५०० रुपैयाँ तोकिएकोे छ । मोटरसाइकलमा स्तरीय विधि अपनाउन यसमा एन्टी–लक ब्रेक सिस्टम (एबिएस) जडान गरिएको छ ।


नाभी 


११० सिसीको होन्डा नाभी स्कुटरको मूल्य एक लाख ५४ हजार नौसय तोकिएको छ । शोमा ग्राहकलाई छुटको समेत व्यवस्था गरिएको छ ।

 

प्लेजर (हिरो)

 

हिरो मोटरकर्पको प्लेजर स्कुटरको मूल्य एक लाख ६४ हजार रुपैयाँ राखिएको छ । स्कुटरमा कम्तिमा ९ हजार रुपैयाँ छुट पाएपछि स्कुटरको मूल्य एक लाख ५५ हजार रुपैयाँ पर्नेछ ।

 

उइगो रिफ्रेस

 

टिभिएसको उइगो ११० सिसि स्कुटरको मूल्य छुटसहित एक लाख ६६ हजार नौसय पर्छ ।

 

-याज


यामाहाको -याज ११३ सिसी स्कुटरको मूल्य एक लाख ८४ हजार नौसय तोकिएको छ । नाडामा छुटसहित उक्त स्कुटर एक लाख ७७ हजार नौसयमा किन्न सकिने छ ।

 

होन्डा एक्टिभा


होन्डा एक्टिभा १२५ सिसि स्कुटरको मूल्य दुई लाख ८ हजार ९०० रुपैयाँ तोकिएको छ । न्यूनतम चार हजार रुपैयाँ छुट पाउँदा उक्त स्कुटरको मूल्य दुई लाख चार हजार रुपैयाँ पर्नेछ ।

 

सुजुकी लेट्स

 

सुजुकी लेट्स स्कुटरको मूल्य एक लाख ८३ हजार नौसय राखिएको छ । नाडा अटो शोमा यो स्कुटर खरिदमा १० हजार रुपैयाँ छुट दिइएकाले एक लाख ७३ हजार नौसयमा स्कुटर किन्न पाइने छ ।

 

अप्रिला

 

अप्रिला एसआर १२५ सिसी स्कुटरको मूल्य दुई लाख ४० हजार रुपैयाँ तोकिएको छ ।

 

भेस्पा
 
भेस्पा एलएक्स १२५ सिसिको मूल्य भने दुई लाख ५९ हजार ९ सय ४६ रुपैयाँ तोकिएको छ । कम्पनीले दसैँ अफरमा स्कुटर किन्ने ग्राहकमध्येबाट दुई जनालाई युरोप भ्रमण गराउने आकर्षक स्किमसमेत ल्याएको छ ।

       

सजिलो फाइनान्सिङ

 

नाडा अटो शोमा बाइकका पारखीहरूको रुचिलाई ध्यानमा राखेर विभिन्न कम्पनीहरूले सजिलो फाइनान्सको व्यवस्था गरेको छ । 
युएमको अधिकृत बिक्रेता आइएमई अटोमोटिभले मनिग्राम र परिमलमार्फत कर्जा उपलब्ध गराएका छन् । मनिग्राम र परिमलले एक वर्षको फाइनान्स गर्दा १७ प्रतिशत र दुई वर्षको लागि भने १८ प्रतिशत व्याज लिन्छन् । 

केटिएम

केटिएम डुक बाइकको अधिकृत बिक्रेता हंशराज हुलासचन्दले आफ्नै हुलास इन्भेस्टमेन्टमार्फत कर्जा उपलब्ध गराएको छ । इन्भेस्टमेन्टले २०० सिसी क्षमताका मोटरसाइकलको लागि ५० प्रतिशत डाउन पेमेन्टमा १५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराएको छ । २०० सिसीभन्दा माथिको क्षमताको हकमा भने ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्छ । 

हिरो
 
हिरो मोटरसाइकलको अधिकृत बिक्रेता नेपाल जनरल मार्केटिङले एनजिएम फाइनान्समार्फत स्कुटरको लागि १३ देखि १४ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराएको छ । यदि समयमै किस्ता भुक्तानी गरेमा ब्याजमा छुट पाउने व्यवस्था गरेको छ । यसरी छुट पाउँदा ९ प्रतिशत मात्रै ब्याज पर्ने एनजिएमले जनाएको छ । १२५ सिसीभन्दा माथिको क्षमताका स्कुटरको लागि ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्छ । त्यस्तै १५० सिसीभन्दा माथिको क्षमता भएका बाइक खरिद गर्दा ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्छ । 

रोयल एन्फिल्ड
 
रोयल इन्फिल्डको अधिकृत बिक्रेता विवेक अटोमोबाइल्सले लुम्बिनी विकास बैंकसँग सम्झौता गरेको छ । बैंकले १४.८ प्रतिशतमा कर्जा दिनेछ । 

रनर

रनर मोटरसाइकलको अधिकृत बिक्रेता रमन मोटर्सले बेथल इन्भेष्टमेन्टमार्फत १७ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराएको छ । ४० देखि ५० प्रतिशतसम्म डाउन मेपेन्टमा ऋण उपलब्ध हुन्छ ।

 
भेस्पा
 
भेस्पाको अधिकृत बिक्रेता डि लाइफ स्टायलले विभिन्न मोडलका बाइकको लागि १२ देखि १८ प्रतिशतको ब्याजदरमा कर्जा उपलब्ध गराएको छ ।

 

बेनेली 


बेनेलीको अधिकृत बिक्रेता केटिएम इन्टरनेसनल ट्रेडिङले लुम्बिनी विकास बैंक र एभरेस्ट बैंकसँग कर्जाको लागि सम्झौता गरेको छ । लुम्बिनीले १४ प्रतिशत र एभरेस्टले ९.९९ प्रतिशतमा कर्जा उपलब्ध गराउने छ ।

 

सुजुकी 

 

सुजुकीको अधिकृत बिक्रेता भिजी अटोमोबाइलले कर्जाको लागि कीर्तिपुर बहुद्देश्य सहकारी र मुक्तिनाथ विकास बैंकसँग सम्झौता गरेको छ । सहकारीले न्यूनतम ३५ प्रतिशत डाउन पेमेन्टमा १५ प्रतिशत र मुक्तिनाथ विकास बैंकले १६ प्रतिशतमा कर्जा उपलब्ध गराउने छ ।

 

यामाहा


यामाहाको अधिकृत बिक्रेता एमएडब्लु इन्टरप्राइजले आफ्नै फाइनान्समार्फत १६ प्रतिशतमा कर्जा उपलब्ध गराएको छ ।