समाचार

मन्त्रिपरिषद बैठक : नेपाल वायुसेवा निगमको सदस्यमा खरेल

शनिबार, ३० भदौ २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

मन्त्रिपरिषद बैठक : नेपाल वायुसेवा निगमको सदस्यमा खरेल

काठमाडौँ । नेपाल वायुसेवा निगमको संचालक समितिको सदस्यमा मदन खरेललाई नियुक्ति गरिएको छ । पर्यटन मन्त्री रवीन्द्र अधिकारीका अनुसार, शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले खरेललाई सदस्यमा नियुक्त गरेको हो ।

 

निगमको संचालक समितिमा अध्यक्षसहित ७ जना सदस्य हुन्छन्। हालको व्यवस्था अनुसार पर्यटन सचिवले संचालक समितिको अध्यक्षता गर्दै आएका थिए। मन्त्रिपरिषदले सचिवको स्थानमा खरेललाई सदस्यमा मात्रै नियुक्ति दिएको हो।

 

मन्त्रिपरिषदका एक सदस्यका अनुसार सरकारले अर्को क्याबिनेट बैठकमा खरेललाई कार्यकारी अध्यक्ष बनाउने तयारीका साथ हाललाई सदस्यमा नियुक्त गरेको हो।

 

खरेल हालका महाप्रबन्धक सुगतरत्न कशांकारअघि निगममा खुला प्रतिष्प्रर्धाबाट महाप्रबन्धक भएका थिए। व्यक्तिगत कारण देखाउँदै उनी पूरा कार्यकाल नबसेर निगमबाट बाहिरीएका थिए। 

 

उनीपछि सरकारले कशांकारलाई मन्त्रिपरिषदबाट नियुक्त गरेको थियो। कशांकारको पदावधि सकिन नौ महिना हाराहारी बाँकी छ। -कान्तिपुर दैनिकबाट ।