समाचार

कैलालीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

शुक्रबार, २९ भदौ २०७५ गते प्रकाशित
- नेपाल आज

कैलालीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

कैलाली । जिल्लाको चिसापानीदेखि महेन्द्रनगरतर्फ जादै गरेको से १ ख ११८८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । थप चार जना घाइते भएका छन् । 

 

 

मृत्यु हुनेमा लम्की चुहा नगरपालिका-१ बस्ने अनिल वादीको छोरा बर्ष १२ को कृष्ण वादी र धनगढी उपमहानगरपालिका-३ बस्ने ३५ वर्षीय परचुङ (पिटर) तामाङ रहेका छन् । 

 

 

उनीहरुको उपचारका क्रमका टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख हरीबहादुर वलीले जानकारी दिए । 

 


शुक्रबार बेलुकी करिव पाँच बजे लम्की चुहा नगरपालिका-१ स्थित बल्चौर नजिकै बस दुर्घटना भएको थियो । घाइतेको लम्की स्थित लालरत्न अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 

 

 

घाईतेहरु नेपाली सेनाका जवान हरेको बुझिए पनि परिचय खुलेको  छैन ।  साईकल चालक अनिल बादीलाई बचाउन खोज्दा बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जानकारी दिएको छ । बस कर्णाली रिभर यातायातको हो ।