मुख्य समाचार

प्रधानसेनापती र चिनियाँ राजदूतबीच भेटवार्ता

शुक्रबार, २९ भदौ २०७५ गते प्रकाशित
- नेपाल आज

प्रधानसेनापती र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापती पुर्णचन्द्र थापा तथा नेपालका लागी चिनियाँ राजदूत यु होङ्गबीच भेटवार्ता भएको छ । नेपाली सेनाको मुख्यालय भद्रकालीमा भएको भेटमा पारस्परिक हीतका विषयमा कुराकानी भएको थियो । 

 

 

भेटमा चिनियाँ राजदूत होङ्गले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिँदै सफल कार्याकालको शुभकामना दिएकी थिइन् ।  भेटका क्रम आगामी असोज एक गतेदेखि नेपाली सेना र चिनियाँ सेनाबीच हुने शैन्य अभ्यासका विषयमा पनि कुराकानी भएको नेपाली सेनाको मुख्यालयले जनाएको छ ।