कर्पोरेट

नेपाली माटो सुहाउँदोे भक्सवाइगेनको ‘पोलो १.०’ बजारमा (भिडियाेसहित)

बिहिबार, २८ भदौ २०७५ गते प्रकाशित
- नेपाल आज

नेपाली माटो सुहाउँदोे भक्सवाइगेनको ‘पोलो १.०’ बजारमा (भिडियाेसहित)

काठमाडौं । भक्सवाइगेनको सस्तो बढी माइलेज दिने ‘पोलो १.०’ ब्रान्डको कार नेपाली बजारमा प्रवेश गरेको छ । भक्सवाइगेनका लागि नेपालको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनलले हालै ‘पोलो १.०’ लञ्च गरेको हो । 

 

अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी दीपक विष्टले ‘पोलो १.०’ लञ्च गरे । ९९९ सिसी इञ्जिन क्षमताको ‘पोलो १.०’ले ६ हजार २ सय आरपिएममा ७६ पिएस उच्च पावर दिन्छ भने ४ हजार ३ सय आरपिएममा ९५ एनएम टर्क उत्सर्जन गर्छ । 

 

नेपाली बजारमा गाडीको मूल्य २६ लाख ९५ हजार राखिएको छ । तर प्रथम १०० ग्राहकले यो गाडी २५ लाख ५० हजारमै पाउँछन् । 

गाडीमा एन्टिलक ब्रेकिङ सिस्टम, एयर ब्याग, गाल्भनाइज्ड बडी, पावर विन्डो, रियर भ्यू, क्यामेरा, पावर स्ट्यरिङ लगायतका सुविधा तथा विशेषता राखिएको छ । 

 

यसअघि फक्सवागनको पोलो गाडी १६०० र १२०० सिसीमा उपलब्ध थियो । आर्थिक वर्ष ०७५\७६ को बजेट व्यवस्थाले १००० सिसी भन्दा मााथिका गाडीमा कर बृद्धि गरेको थियो ।  यसमा भने कर बृद्धिको कुनै असर नपर्ने कम्पनीले दाबी गरेको छ ।

 

पुजा इन्टरनेसनलको दावीअनुसार यो गाडी १५ हजार किलोमिटर गुडेपछि एक पटक सर्भिसिङ गर्दा हुन्छ । औषत गाडीहरु भन्दा यसको पर्फरमेन्स तीन गुणा राम्रो छ । 

 

फक्सवागनको नेपालभर ९ वटा सर्भिस सेन्टर रहेको छ, जसमा ३ वटा काठमाडौंमै अवस्थित छ ।