नेपाल आज विशेष भिडियो कभर स्टोरी

सरकारप्रति सर्वसाधारणको आक्रोश ‘रेल ल्याउने सपना नदेखाउ सरकार, हिँड्नको लागि पहिले बाटो बनाऊ’ (भिडियाेसहित)

सरकारप्रति सर्वसाधारणको आक्रोश ‘रेल ल्याउने सपना नदेखाउ सरकार, हिँड्नको लागि पहिले बाटो बनाऊ’ (भिडियाेसहित)

काठमाडाैं । बौद्ध जोरपाटी सडखण्ड, जहाँ बर्खाको बेला सर्बसाधारणले दैनिक मार खेप्नुपर्छ । सडकमा जताततै खाल्डाखुल्डी छन्, बाटोहरू हिलाम्मे छन् । पानी नपर्दा धुलो र पानी पर्दा हिलोको समस्या छ । हरेक दिन यस सडकखण्डबाट हजारौँ सवारी साधन र पैदल यात्रुहरूले यात्रा गर्ने गर्छन् । तर यात्रा निकै कठिन र दुःखदायी हुने उनीहरूको गुनासो छ । प्रत्येक वर्ष सडक निर्माण र मर्मतको लागि बजेट छुट्टिएपनि सडकको व्यवस्थापन हुनभने सकेको छैन ।अव्यवस्थित सडकखण्डकै कारण सर्वसाधारणहरूको नियमित काममा समेत बाधा पुगेको छ । बाटोकै कारण सवारी साधनहरू घण्टौं जाममा पर्ने गर्छन् ।बाटोकै कारण नियमित कार्यालय जाने कर्मचारी सधैंजसो चिन्तित मुद्रामा देखिन्छन् । समयमै कार्यालय पुग्न र घर फर्कन नसक्नाले उनीहरूको काममा समस्या आउने कर्मचारीको गुनासो छ  । अव्यवस्थित सडकको कारण सर्वसाधारणले विभिन्न किसिमको दुर्घटनापनि खेप्दै आएका उनीहरू बताउँछन् ।  


नेपाल आजको नियमित स्तम्भ ‘जनता जान्न चाहन्छन्’ मा हामीले बौद्ध जोरपाटी सडक खण्डको अवस्था र सर्वसाधारणको समस्याबारे  उनीहरूसँग नै जिज्ञासा राखेका छौँ । सडकजस्तो सवेंदनशिल क्षेत्रलाई वेवस्ता गर्नु केन्द्र र स्थानिय सरकारको कमजोरी रहेको त्यहाँका स्थानिय जनता बताउँछन् । ‘यहाँ बाइकमा जाँदा सबै कपडा फोहोर हुन्छ । हिँडेर जाँदापनि समस्या उस्तै छ, ।’ बौद्ध जोरपाटी सडकखण्ड हुँदै शंकरापुर अस्पताल जाँदै गरेका प्रल्हाद लामिछाने आफूले दैनिकजसो खेप्नुपरेको दुख सुनाउँछन्‘ सरकारले समृद्धी र विकास भनेपनि समृद्धी कहिले आउँछ थाहा छैन । राजधानीको मुटु भनिने ठाउँमा त यस्तो छ झन् अरु ठाउँमा कस्तो होला ?’ स्थानिय बासिले राज्यलाई यस विषयमा दबाब दिइरहँदा पनि राज्य मौन बसेको स्थानिय यदु प्रसाद खतिवडा बताउँछन् ।

 

मोदि आउँदा रातारात बाटो बनाउने तर जनताको दुःखमा भने विगुल फुकेर बस्ने सरकारको व्यवहारले जनतालाई निराश बनाएको सर्वसाधारणको गुनासो छ । नयाँ सरकार आएपछि समस्याहरू नआउनुपर्नेमा झनै  मर्काहरू खेपिरहनुपरेकाले उनीहरू चिन्तित छन् । बर्खा याममा विद्यालय जाने विद्यार्थीहरूपनि यही बाटो हिँड्नु पर्छ । तर उनीहरू वारिबाट पारिजान निकै मुस्किल परेको एक स्थानियबासीले बताए । उनी भन्छन् ‘ हिलोमा विद्यार्थीहरू धेरैपल्ट लडेका छन् । ’

 

सडक बनाउनको लागि सरकारलाई विभिन्न व्यङ्ग्यात्मक  कार्यक्रम मार्फत दबाब दिइरहँदा पनि कुनै चाँसो नदेखाएको स्थानिय दुर्गा प्रसाद सापकोटाको गुनासो छ । ‘हामीले सडक कविता र धान रोपाइँ जस्ता व्यङ्गयात्मक कार्यक्रमहरू ग¥यौँ, यसबारे स्थानिय प्रतिनिधिसँग छलफल ग¥र्यौँ । ’ थकित मुद्रामा उनी निराश हुँदै भन्छन् ‘ तर सरकार भने यसप्रति कहिल्यै गम्भीर भएन । ’

जनता जान्न चाहन्छन् बौद्ध जोरपाटी सडखण्ड