अर्थ

रोजगार

सस्तो ब्याजमा ऋण पाउन असोजसम्म कुर्नुपर्ने

बिहिबार, २४ साउन २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

सस्तो ब्याजमा ऋण पाउन असोजसम्म कुर्नुपर्ने

काठमाडौं । अहिले निक्षेप तथा कर्जाको व्याजदर किन घटेन भन्ने जिज्ञासा आइरहेकै बेला नेपाल बैंकर्स एशोसिएसनले भने पहिलो त्रैमास (असोज)देखि ब्याजदर घट्न थाल्ने जनाएको छ ।  

 

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल बैंकर्स एशोसियसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले नेपाल राष्ट्र बैंकले बैंकहरुलाई दिएको सिआरआरको (अनिवार्य नगद अनुपात) सिमामा कमी, विदेशबाट साथै भारतबाट पनि ऋण ल्याउन सक्ने लगायत सुविधाले त्यसको असर देखिन आर्थिक वर्षको कम्तीमा एउटा त्रैमाससम्म कुर्नुपर्ने बताए ।

 

यद्यपि, अहिले केही बैंकले ब्याजदर घटाउन लागेको पनि बताए । उनले भने, ‘ब्याजदर एकैपटक घट्दैन, ब्याजदर घट्न कम्तीमा पहिलो त्रैमासम्म कुर्नुपर्छ ।’ 

 

मौद्रिक नीतिले क, ख र ग वर्गमा बैंकलाई अनिवार्य नगद अनुपात (सिआरआर) ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको  छ  ।