समाचार

प्रदेश ३

हेटौंडाको आगो नियन्त्रण

बुधबार, २३ साउन २०७५ गते प्रकाशित
- नेपाल आज

हेटौंडाको आगो नियन्त्रण

काठमाडाैं । हेटौंडाको ओम्याक्स फिल्म हलमा लागेको आगो नियन्त्रण भएको छ । हलमा विहानै देखि लागेको आगो २ तले भवनको सबै भागमा फैलिएको थियो ।

 

आगो दिउँसोमात्र हेटौंडा उपमहानगर र आयल निगम अम्लेखगञ्जका दुई दमकल मार्फत नियन्त्रणमा आएको थियो । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार विद्युत्त सर्ट भएर लागेको थियो ।

 

०६५ सालमा ३ डी प्रविधि प्रयोग गरेर करिब ४ करोड लगानीमा निर्माण गरेको फिल्म हलमा आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आएको छैन ।