समाचार

स्वास्थ्य

बच्चालाई म्वाइँ खाँदा यस्ता असर

मङ्गलबार, २२ साउन २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

बच्चालाई म्वाइँ खाँदा यस्ता असर

काठमाडाैं । बच्चालाई हेर्न तथा माया गर्दै म्वाइँ खान तछाडमछाड नै गर्छन् । यस्तोमा बच्चाको स्वास्थ्यमा असर नपरोस् भन्ने विषयमा पनि ख्याल राख्नु आवश्यक हुन्छ । अन्यथा, अभिभावकले गरेको सामान्य गल्तीका कारण बच्चालाई ठूलै असर पर्न सक्छ ।


सोही कारण बच्चालाई छुनुभन्दा पहिला हात धुने सल्लाह डाक्टरले पनि दिइरहेका हुन्छन् ।


बच्चालाई म्वाइँ खाँदा यस्ता असर पर्न सक्छन् :


सानो बच्चाको इम्युनिटी पावर निकै कम हुन्छ । जसले गर्दा इन्फेक्सनले पनि चाँडै असर पु-याउन सक्छ । सोही कारण यस्तो खराब बानीबाट जोगिनु सबैका लागि फाइदाजनक हुन्छ ।


बच्चालाई म्वाइँ खाँदा इबिबी भाइरस सर्ने खतरा रहन्छ । यो भाइरस एकपटक शरीरमा प्रवेश गरेपछि जिन्दगीभर नै रहिरहन्छ ।


रुघाखोकी लागेको समयमा त भुलेर पनि बच्चालाई म्वाइँ खाने गल्ती गर्नुहुँदैन । किनकि, रुघाखोकीको भाइरसले बच्चालाई चाँडै आक्रमण गर्न सक्छ ।


व्यक्तिलाई कुनै पनि प्रकारको रोग छ भने बच्चाबाट टाढै रहनु उत्तम हुन्छ । किनकि बच्चालाई त्यसले असर पु-याउने सम्भावना बढी नै हुन्छ । बच्चालाई फ्लु हुने सम्भावना बढाउँछ ।