विदेश

मुख्य समाचार

मोदीको कर्तुत पर्दाफास गर्दा पत्रकारको जागिर चट्

पुण्यप्रसुनले प्रधानमन्त्री मोदीका योजनाहरु कसरी एकपछि अर्को गर्दै असफल भइरहेका छन् भन्ने उदाहरण रोजगारीसम्बन्धी एक कार्यक्रमको पर्दाफास गरेर दिएका थिए

मङ्गलबार, २२ साउन २०७५ गते प्रकाशित
- नेपाल अाज

मोदीको कर्तुत पर्दाफास गर्दा पत्रकारको जागिर चट्

एजेन्सी– भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गर्दा एक टेलिभिजन पत्रकारले जागिर गुमाउनु परेको छ ।


लोकप्रिय टिभी पत्रकार  पुण्य प्रसून बाजपेयीले एक कार्यक्रममार्फत नरेन्द्र मोदीका कामको पर्दाफास गरेपछि उनलाई जागिर छाड्न बाध्य पारिएको हो ।


आनन्द बजार पत्रिका समूहको टिभी च्यानल एबिपी न्युजमा लोकप्रिय कार्यक्रम ‘मास्टरस्ट्रोक’ संचालन गर्दै आएका पुण्यप्रसुनले ‘ग्राउण्ड रिपोटिङ’ मार्फत मोदी सरकारका योजनाहरु एकपछि अर्को गर्दै कसरी असफल हुँदै गइरहेका छन् भन्ने देखाएका थिए ।

 

यसै विषयलाई लिएर समूहका संचालक एवं टिभीका प्रधानसम्पादकले आलोचनात्मक समाचारमा मोदीको नाम नलिन निर्देशन दिए । उनले सो निर्देशन नमान्दा जागिर नै छाड्नुपरेको छ । टिभीलाई यस्तो दबाब मोदीबाटै आएको समेत उनले ‘द वायर डट कम’ मार्फत गरेका छन् । 


पुण्यप्रसुनले प्रधानमन्त्री मोदीका योजनाहरु कसरी एकपछि अर्को गर्दै असफल भइरहेका छन् भन्ने उदाहरण रोजगारीसम्बन्धी एक कार्यक्रमको पर्दाफास गरेर दिएका थिए । कौशल विकास योजनाअन्तर्गत सन् २०२२ सम्ममा ४० करोड युवालाई सीप विकास तालिम दिने घोषणा मोदीले गरेका थिए ।  तर, २०१८ सम्म आइपुग्दा दुई करोड युवा पनि यो कार्यम्रममा नजोडिएको रिपोर्ट पुण्यप्रसुनले बजाएका थिए । लोकसभा चुनाव आउँदै गरेकाले भाजपाले टिभीलाई दबाब दिएको उनको दाबी छ । 


अझ रोचक कुरा त के छ भने उनले पुण्यप्रसुनले राजीनमा दिएको भोलिपल्टबाटै टिभीमा पतञ्जलीको विज्ञापन थपिएको थियो ।