समाचार

प्रदेश ३

अवरुद्ध यातायात सञ्चालन

मङ्गलबार, २२ साउन २०७५ गते प्रकाशित
- नेपाल आज

अवरुद्ध यातायात सञ्चालन

काठमाडाैं ।  गएरातिदेखि परेको अविरल वर्षाले हेटौँडा कुलेखानी सडक खण्डमा पर्ने ईन्द्रसरोवर गाउँपालिका वडा नं। ६ फाखेल महालक्ष्मी डाँडामा आएको पहिरो हटाई हेटौँडा–काठमाडौँ यातायात सेवा आज अपराह्नदेखि सञ्चालनमा गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

 

यसैगरी ईन्द्रसरोवर गाउँपालिका वडा नं ३ मदनभण्डारी राजपथअन्र्तगत पर्ने सिस्नेरी डाँडामा गएराति पहिरो जाँदा हेटौँडा–काठमाडौँ सडक अवरुद्ध भएकोमा आज साँझ ७ बजेदेखि सञ्चालन भएको स्थानीय सिस्नेरी प्रहरी चौकीले जनाएको छ । अवरुद्ध सडक सञ्चालनमा आएसँगै रोकिएका सुमो, जीप, कार, मोटरसाइकलमा सवार यात्रुहरु बिहानैदेखि पहिरो गएको स्थानमा ४ घण्टा कुर्नु परेको थियो ।

 

यातायात सञ्चालनपछि यात्रुहरु आ–आफ्नो गन्तव्यमा प्रस्थान गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए ।