समाचार

प्रदेश ३

समृद्धिका लागि सबैको सहयोग आवश्यक छ : सभामुख श्रेष्ठ

मङ्गलबार, २२ साउन २०७५ गते प्रकाशित
- नेपाल आज

समृद्धिका लागि सबैको सहयोग आवश्यक छ : सभामुख श्रेष्ठ

काठमाडौं । प्रदेश नम्बर ३ को सभामुख सानुकुमार श्रेष्ठले देश समृद्धिको बाटोमा अगाडि बढेकाले त्यस कार्यमा सबैको सहयोग आवश्यक भएको बताउनुभएको छ । संसदीय रिपोर्टिङसम्बन्धी तालीम कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै सभामुख श्रेष्ठले भन्नुभयो, ‘अब सबैको एजेण्डा आर्थिक समृद्धि हुनुपर्छ ।

 

उनले आर्थिक क्रान्तिका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । परिवर्तनका लागि राजनीतिकज्ञको मात्र नभई सबैको उत्तिकै दायित्व हुने बताउँदै सभामुख श्रेष्ठले जनता र सरकारबीचको पुल भएर विकास निर्माणमा सघाउन पत्रकारलाई आग्रह गरे ।