व्यापार

शेयर

सेयर बजार घट्यो

सोमबार, २१ साउन २०७५ गते प्रकाशित
- नेपाल आज

सेयर बजार घट्यो

काठमाडौं । सेयर बजारमा सोमबार पनि सामान्य कमी आएको छ । 

 

आइतबार सामान्य अंकले घटेको बजार ०.२१ बिन्दुले घटेर एक हजार १८९.६७ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ०.०६ बिन्दुले घटेर २५०.९१ बिन्दुमा झरेको छ । 

 

कुल १ सय ४८ कम्पनीको सात लाख ९६ हजार ७ सय ३४ कित्ता सेयर १९ करोड १७ लाख ४८ लाख १ सय २० मूल्यमा खरिद बिक्री भएको छ । स्टकका अनुसार बैंकिङ १.२३, व्यापार २.११, जलविद्युत् ०.८५, वित्त १.१८ र माइक्रोफाइनान्स उपसमूहको सेयर ६.३६ बिन्दुले बढेको छ । 

 

यस्तै होटल ६.०३, विकास बेंक ४.९८, निर्जीवन बीमा ०.०९, उत्पादन ०.०७, अन्य ४.३७ र जीवन बीमा समूहको सेयर १६.७३ बिन्दुले घटेको छ । सपोर्ट माइक्रोफाइनान्स र प्रोग्रेसिभ फाइनान्स कम्पनीका लगानीकर्ताले  कमाएका छन् भने मल्टिपर्पोज फाइनान्स र सिटी एक्सप्रेस फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।