बिचार

जसको कुकृत्य बढी हुन्छ, सुरक्षाको चिन्ता उसैलाई बढी हुन्छ 

बिहिबार, १४ भदौ २०७५ गते प्रकाशित
- नेपाल आज

जसको कुकृत्य बढी हुन्छ, सुरक्षाको चिन्ता उसैलाई बढी हुन्छ 

नेपाल आज । सुरक्षाको चिन्ता सबैभन्दा बढी कसलाई हुन्छ ? सरल जवाफ हो, जसले सबैभन्दा बढी दुश्मन कमाएको छ उसैलाई बढी चिन्ता हुन्छ । अमेरिकाले इराक, अफगानिस्तान, भियतनाम, क्युबा, सिरियालगायत मुलुकमा विभिन्न किसिमका आक्रमण गरेको छ । जसका कारण अमेरिकी राष्ट्रपतिलाई जहाँ पनि सुरक्षा चिन्ता हुन्छ । 


नेपालको दक्षिण र चीनमा दुई आणविक शक्ति सम्पन्न मुलुक छन् । एकातिर चीन छ अर्कोतिर भारत । चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउँदा सुरक्षाको ठूलो तामझाम हुँदैन । नेपाल एक मित्रराष्ट्र हो भन्ने गरिमा राखेर उसले आफ्ना सुरक्षाकर्मी ल्याउँछ । तर भारतले नांगो रुपमा भारतीय वायुसेनाको विमानसहित भारतीय सेना उतार्छ । आखिर किन ? 

 

जवाफ सरल छ, जसले बढी कुकृत्य गरेको छ, उसैमाथि चुनौती बढी हुन्छ ।

 

 कुरा यति मात्रै होइन । 

 

भारतीय प्रधानमन्त्री नेपाल, भुटानबाहेक अरु देश जाँदा यस्तो तामझाम गर्दैनन् । किनकी भारतीयलाई अरु मुलुकले यस्ता नचाहिँदा हर्कत गर्न नै दिँदैनन् । नेपाल र भुटान मात्रै यस्ता देश हुन् जहाँ भारतको दादागिरी खुलेआम चल्ने गर्छ– नाम नबताउने शर्तमा एक विश्लेषकले प्रतिक्रिया दिए । 

 


नेपालको ६० हजार बर्गकिलोमिटर भूमि भारतले हडपेको छ । जबकी नेपालभन्दा भारत २२ गुणा ठूलो छ । जनसंख्यामा नेपालभन्दा ४१ गुणा ठूलो छ । तर पनि नेपालले हरेक बिहारीलाई नेपाली नागरिक सरह नेपालमा रोजगारी दिनु पर्छ । हाम्रा दाजुभाईले ५० डिग्रीमा कमाएको पैसा भारतीय समान किनेर भारतीय नागरिकलाई रोजगारी दिनु पर्छ । जबकी नेपाली किसानले २० ट्रक टमाटर फलाए भने भारतले आफ्नो देशभित्र पस्न दिँदैन । 

 

अदुवा, अलैची, एक्रोलिक यार्न आदिको कहानी त कसलाई थाहा नहोला । नेपाल चिकेनमा आत्मनिर्भर हुन लाग्दा बर्डफ्लुको सन्त्रास नियोजित रुपमा फैलिन्छ । देश स्थिर शासनमा जाँदा कहिले माओवादी जनयुद्ध सुरु हुन्छ, कहिले सिके राउतको गतिविधि अगाडि आउँछ । 

 

भारतीय प्रधानमन्त्री नेपाल आउँदा मात्रै हो सुरक्षाको फूर्तिफार्ति । अन्यत्र भारतको केही चल्दैन । बेलायतमा त अहिले पनि भारतीयहरुलाई आफ्नो दास नै ठान्नेहरु पनि छन् । जबकी उनीहरुले भारतीयलाई दास ठान्दा गोर्खा सैनिकका अगाडि तिनै बेलायतीहरु शीर झुकाउँछन् र ‘सर’ भनेर सम्बोधन गर्छन् । यस्तो सम्मान आज पनि बेलायतमा भारतीयले पाउँदैनन् । 

 

भारतका प्रधानमन्त्री हुन् वा राष्ट्रपति, बेलायती शाही परिवारका सामान्य सदस्यका अगाडि अहिले पनि लम्पसार पर्छन् । जबकी नेपालका राजाहरुका अगाडि ती शाही सदस्य नतमस्तक भएर लाइनमा बस्थे । त्यो विरासत अहिले कहाँ । नेपालको कुटनीति भारतको विदेशमन्त्रालयको वरपर सिमित भएको छ । यहाँ भन्दा दूरभाग्य के हुन्छ । यति हुँदा पनि नेपालका कथित केही राजनीतिक विश्लेषकहरु भन्छन् कि भारतसँग नेपालले सधै बेइमानी नै गरिरह्यो ।

 

मृत्युदण्डको सजाय यदि आवश्यक छ भने बलात्कारीलाई होइन, नेपाल आमाको बलात्कार गर्ने भारतीय शासकले पालेका नेपालका छौंडाहरुलाई आवश्यक छ । 
 

भारतले नेपाललाई १० अर्ब सहयोग बर्सेनि गर्छ । व्यापारबाट ६ सय अर्ब जति लैजान्छ । रेमिट्यान्सका रुपमा पनि अर्बौ लैजान्छ । १ हजार कमाए पछि २० रुपैया खर्च गर्न कसलाई गाह्रो हु्न्छ र ? त्यस्तै गर्छ भारतले । अनि दिन्छ नेपालका जासूसलाई दुइ चार अर्ब । सब मख्ख । त्यस्ता जासुस सबैतिर छन् । उनीहरु नेपाल आमाको खाएर भारतको भक्ति गाउँछन् । तिनीहरु मध्ये केहीलाई जनताले पनि चिनेका छन् । पंक्तिकारले चिने पनि उनीहरुको नाम लेख्न सक्दैन किनकी उनीहरु जासुस भएको कुनै प्रमाण हुँदैन । जासुुसीको पैसा लिँदा पनि फरक तरीका अपनाइन्छ । 

 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी वसम्स्टेकको सम्मेलनमा भाग लिन नेपाल आएका छन् । मोदी नेपाल आउनु भन्दा चारदिन अघिदेखि झण्डै दुईसयको संख्यामा सशस्त्र सेना नेपाल भित्रिएको छ । यसरी नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र सम्मानमाथि बुट कुल्चने अधिकार इण्डियनलाई कसले दियो? नेपाली जनताले प्रश्न गरिरहेका छन् ।

 

तर जनताको सरकार भनिएकोले कहिले पनि यसको जवाफ दिँदैन । उल्टो राष्ट्रका पक्षमा बोल्नेलाई लगेर थुन्छ । 

 

यसैबीच, नेपाल–चीन पारस्परिक सहयोग समाजका अध्यक्षले इण्डियाको आडमा एकचीन समर्थक माथि अन्याय अत्याचार र आक्रमण भइरहेको र बारम्बार उजुरी गर्दा पनि सरकारले कार्वाही नगरेको साथै दिनप्रतिदिन इण्डियन सेना जथाभावी हातहतियारसहित नेपाल प्रवेश गरिरहेकाले आफुहरु असुरक्षित भएको महशुस भएकोले सन ज्ञठढद्द मा भएको नेपाल–चीन बेत्रावती सन्धिको धारा एक र पाँचको प्रयोग गरेर लिखित रुपमा चीन सरकारसँग सैन्य तथा सुरक्षा सहयोग माग गर्ने बताएका छन्।

 

नेपालमा राजनीतिक दलका कार्यकर्ता, इण्डियन र वेष्टर्नका समर्थक बाहेक एकचीनको नीति मान्ने नेपालीलाई दोस्रो दर्जाको नागरिकको ब्यवहार गरिँदै आएको छ । एकचीन नीति मान्नेहरुलाई प्रधानमन्त्री, मन्त्रीहरु, नेताहरू तथा उच्चपदस्थ अधिकारीले नभेट्ने, उनीहरूको दुख पीरमर्का नसुन्ने र उपेक्षा गर्ने गरेको आरोप लाग्ने गरेको छ । समाचार टिप्पणी