बैंकिङ

अपराध सुरक्षा

मुख्य समाचार

अढाई करोड हिनामिना गर्ने अभियुक्तहरू सार्वजनिक

बुधबार, १३ भदौ २०७५ गते प्रकाशित
- नेपाल आज

अढाई करोड हिनामिना गर्ने अभियुक्तहरू सार्वजनिक

काठमाडौं । नेपाल प्रहरीले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई दुई करोड २८ लाख ३८ हजार ४ सय १ हानि पु¥याउने ५ जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । 

 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकको न्युरोड शाखाका कर्मचारी र सुन ऋणीको मिलेमतोमा धितोबापत राखिएको सुन ऋण चुक्ता नहुँदै फिर्ता दिने तथा अपुग सुनसमेत राखी विभिन्न समयमा ऋण प्रवाह गरी बैंकलाई हानि पु¥याउनेलाई पक्राउ गरेको जनाएको छ । 


पक्राउ पर्नेमा बैंकका कर्मचारीहरू वरिष्ठ सुन जाँचक भक्तपुरका सामिन शाक्य र सहायक सुन जाँचक विन्देश शाक्य, प्राइम कमर्सियल बैंक गोल्ड अडिट विभागका अमितराज बज्राचार्य, ऋणी मोरङ शनिश्चरेका लभ बराइली र संखुवासभा शनिश्चरे चैनपुरका उमेशराज बराइली छन् । 

 

पक्राउ परेकालाई उच्च अदालत पाटनबाट बुधबार सात दिनकोे म्याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐनबमोजिम अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।