समाचार प्रदेश १

पहिरोभित्र स्काभेटर !

पहिरोभित्र स्काभेटर !

विराटनगर । मोरङको उर्लाबारीदेखि पाँचथरको रविसम्मको सडक स्तरोन्नतिका लागि प्रयोग गरिएको स्काभेटर पाँच दिनदेखि पहिरोले पुरेको छ । 

 

उर्लाबारी–रवि सडक खण्ड अन्तर्गत इलामको चुलाचुली गाउँपालिका–६ को सिस्ने भन्ने ठाउँमा पहिरोसँगै ठूला चट्टान खसेर पुरेको स्काभेटरलाई बाहिर निकाल्न सकिएको छैन ।

 

यो सडक तराईबाट पहाड जोड्ने सबै भन्दा छोटो दूरीको हो । स्काभेटर प्रयोग गरेर सडकको मोड र घुम्ती फराकिलो पार्ने काम भइरहेको थियो ।

 

सडकमा काम गरिरहेका बेला अचानक पहिरो खसेर गत बुधबार स्काभेटर पुरे पनि कुनै मानवीय क्षति नभएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।