मुख्य समाचार

राजनीति

अन्ततः हेमानन्द बनिन् विश्वकै पहिलो महिला शंकाराचार्य

शुक्रबार, ०८ भदौ २०७५ गते प्रकाशित
- नेपाल आज

अन्ततः हेमानन्द बनिन् विश्वकै पहिलो महिला शंकाराचार्य

काठमाडौं । केही दिनदेखि विवादमा रहेकी हेमानन्द गिरी विश्वकै पहिलो महिला शंकाराचार्य भएकी छन् । भारतको महामण्डल, अखिल भारतीय विधि परिषद्का प्रतिनिधिहरू काठमाडौं आएर छाता ओढाउने, प्रमाणपत्र र छडी दिने कार्यक्रम सम्पन्न भएको उनले बताइन् । 

 

गिरिका अनुसार, भक्तपुरस्थित सिद्धकाली मन्दिरमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा करिब ५ हजार मान्छेको उपस्थिति रहेको उनले नेपाल आजलाई बताइन् । कार्यक्रमको समापनपछि उक्त टोली डोलेश्वर महादेव मन्दिरमा दर्शन गर्न पुगेका थिए । 

 

गिरिलाई पशुपतिनाथ मन्दिरमा रुद्राभिषेक गर्ने कार्यक्रम रद्द गराइएपछि डोलेश्वर महादेवमा पनि कार्यक्रम गर्न दिइएको थिएन । अन्ततः सिद्धकाली मन्दिरमा गएर कार्यक्रम सम्पन्न गरेको गिरिले बताइन् ।