राजनीति

मुख्य समाचार

सुजाताले संसदमा भनिन्, ‘यो सरकार सफल भएको हेर्न मन छ’

बिहिबार, ०७ भदौ २०७५ गते प्रकाशित
- नेपाल आज

सुजाताले संसदमा भनिन्, ‘यो सरकार सफल भएको हेर्न मन छ’

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले वर्तमान सरकार सफल भएको हेर्न आफू इच्छुक रहेको बताएकी छन् । 

 

बिहीबार संसदको शुन्य समयमा बोल्दै नेतृ कोइरालाले भनिन्, ‘यो सरकार दुई तिहाई बहुमतले बनेको छ । सरकारले चाहेमा विकास गर्न सक्छ । यो काम सरकारले गरोस् । सरकारले विकासका काम गरेमा हाम्रो समर्थन हुनेछ । ’

 

नेतृ कोइरालाले दुई तिहाई बहुमतको सरकार पनि सफल भएन भने प्रजातन्त्र पनि सफल नहुने उल्लेख गर्दै आफू सरकार सफल भएको हेर्न आतुर भएको बताइन् । उनले भनिन्, ‘यति ठूलो बहुमतले बनेको सरकारले समाजको विकास गर्न, उन्नती गर्न सकोस् । यसो भएमा कांग्रेसले सहयोग गर्छ ।’
नेतृ कोइरालाले भोको पेटले राष्ट्रियताको राग अलाप्न नसक्ने उल्लेख गरिन् । उनले सरकारले कर बढाएर जनतामा भार पारेको दाबी गरिन् ।