समाचार

प्रदेश ३

इन्द्रसरोवरमा पहिरो, हेटौंडा–फाखेल–काठमाडाैं मार्ग अवरुद्ध

सोमबार, २८ साउन २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

इन्द्रसरोवरमा पहिरो, हेटौंडा–फाखेल–काठमाडाैं मार्ग अवरुद्ध

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका तीनस्थित पाथीखोल्चामा पहिरो खस्दा हेटौंडा–फाखेल–काठमाण्डौ छोटो मार्ग अवरुद्ध भएको छ ।

 

बिहान करिब ८ बजे पाथीखोल्चामा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  सडक अवरुद्ध भएपछि यात्रु अलपत्रमा परेका छन् ।

 

पहिरो पन्छाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ । यस्तै छोटो मार्ग अन्तर्गतकै हेटौंडा–सिस्नेरी–काठमाण्डौ मार्ग पनि अवरुद्ध रहेको जनाइएको छ ।