रोजगार

व्यवसायिक सम्मेलनमा सहभागी हुन भारत प्रस्थान

सोमबार, २८ साउन २०७५ गते प्रकाशित
- नेपाल आज

व्यवसायिक सम्मेलनमा सहभागी हुन भारत प्रस्थान

अत्तरिया  । कैलालीको अत्तरियामा रहेको गोदावरी चेम्बर अफ कर्मशले भारतको तामिलनाडुमा हुन गइरहेको ब्यवसायीहरुको सम्मेलनमा सहभागी हुनेहरुलाई बिदाई गरेको छ । भारतको तामिलनाडु राज्यको मदुरई शहरमा विश्वका ३२ ओटा राष्ट्रहरुका ब्यबसायीहरु सम्मेलित भाईब्रेन्ट तामिलनाडु ग्लोबल एक्सपो एण्ड समिट २०१८ कार्यक्रममा सहभागी हुने गोदावरी चेम्बर अफ कर्मशका २ जना पदाधिकारीहरु सहित ७ जना ब्यवसायीहरुको बिदाई गरिएको हो ।

 

हालै अत्तरिया आयोजित एक कार्यक्रमका बीच गोदावरी चेम्बर अफ कर्मशका अध्यक्ष बिनोद मल्लले सबैलाई ढाका टोपी लगाएर बिदाई गरेका हुन् । कार्यक्रममा सहभागी हुन गोदावरी चेम्बर अफ कर्मशका वरिष्ठ उपाध्यक्ष तारा दत्त जोशीको नेतृत्वमा ९ जनाको टोली  भारत प्रस्थान गरेको छ । जसमा महासचिब भुवन पाठक , ब्यबसायीहरु हिक्मत खड्का , इन्द्रराज भट्ट , हरि भट्टराई , जयअदिप साह , लक्ष्मण कुँवर , लिलाधर जोशी र बालकृष्ण जोशी रहेका छन् ।

 

अगस्ट १३ , १४ र १५ तारिखका दिन हुने उक्त सम्मेलनमा १९ ओटा देशबाट आएका चेम्बर अफ कमर्सका प्रमुखहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको गोदावरी चेम्बर अफ कर्मशका अध्यक्ष मल्लले बताए । उनले विशेषा गरेर सो सम्मेलनवाट एक सफल ब्यबसायी बन्नका लागि चाहिने वाह्य ज्ञानका बिषयमा भरपुर जानकारी लिन सकिने बताए । तीन दिनभर कृषि सम्बन्धि प्रबिधिक ज्ञान , प्रबिधिको बिकास , कृषि  सामग्रीहरुको प्रबद्धन लगाएतका अन्य बिषयमा छलफल हुने उनको भनाई छ ।