कला साहित्य

नेपाल–भारत साहित्य महोत्सव वीरगञ्जमा सुरु

आइतबार, २७ साउन २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

नेपाल–भारत साहित्य महोत्सव वीरगञ्जमा सुरु

वीरगञ्ज । दुईदिने नेपाल-भारत साहित्य महोत्सव आइतबारबाट सुरु भएको छ । सीमा छेउको सहर वीरगञ्जमा सुरु भएकाे महोत्सव २७ देखि २८ गतेसम्म चल्नेछ । 

 

समकालीन साहित्यमाथि चल्ने विमर्शलगायत दुई देशबीचको साहित्यमार्फत सामाजिक सद्भाव झल्काउने मुख्य उद्देश्य रहेको आयोजक पक्षले बताए ।


  
समकालीन कविता विधामा समेत परिचर्चा चलेका कार्यक्रममा दुई देशको साहित्यलाई बुझाउन र चिनाउन यस्ता कार्यक्रमले पहल गर्ने थप आयोजक पक्षले बताए । 

 

कार्यक्रममा नेपाल भारतका विख्यात कवि लेखकहरूको उपस्थिति रहेको थियो । साहित्य महोत्सव क्रान्तिधरा साहित्य अकादमीको र नेपाल भारत सहयोग मञ्चको संयुक्त आयोजनमा भएको थियो ।