खेल

सिपिएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन

शुक्रबार, २५ साउन २०७५ गते प्रकाशित
- नेपाल आज

सिपिएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन

काठमाडौं । क्यारेविएन प्रिमियर लिग (सिपिएल) मा सन्दीप लागिछानेले आफ्नो डेब्यू खेलमै शानदार प्रदर्शन गरे पनि आफ्नो टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले ६ विकेटको पराजय व्यहोरेको छ ।

 

योसँगै सन्दीपको शानदार प्रदर्शनको बाबजुद पनि टिमले हारको सामना गरेको छ । सन्दीपले ४ ओभर बलिङ गर्दै १२ खर्चेर २ विकेट लिए ।


टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट किट्सले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै मात्र १ सय ४६ रन  बनाएको थियो । सेन्ट किट्सका कप्तान क्रिश गेल एक्लैले ८६ रनको योगदान गरेका थिए । गेलले ६५ बलमा ७ चौका र ५ छक्का प्रहार गरे । 

 

१ सय ४७ रनको सामान्य लक्ष्य पछ्याएको गुयाना अमेजन वारियर्सले इनिङको २१ बल बाँकी छँदै पूरा ग¥यो । उसका लागि सिम्रन हेटमेयरले ७९ रनको अविजित शानदार पारी खेल्दै गुयाना अमेजन वारियर्स जित दिलाए । म्यान अफ द म्याचसमेत बनेका उनले ४५ बलमा ९ चौका र ४ छक्का प्रहार गरेका थिए ।