व्यापार

पाँच ट्रक नेपाली टमाटर लैजान खोज्दा रोक्ने भारतले नेपालको व्यापार घाटा कम गर्न सघाउने रे !

शुक्रबार, २५ साउन २०७५ गते प्रकाशित
- नेपाल आज

पाँच ट्रक नेपाली टमाटर लैजान खोज्दा  रोक्ने भारतले नेपालको व्यापार घाटा कम गर्न सघाउने रे  !

नयाँदिल्ली - नोपलको बढ्दो व्यापार घाटा कम गर्न भारतले सघाउने भएको छ । 

 

 वाणिज्य सन्धीमा आवश्यक संशोधन गरी व्यापार घाटा कम गर्न भारतीय पक्ष सकारात्मक देखिएको हो । 

बिहीबार नयाँ दिल्लीमा भएको सहसचिवस्तिरीय वैठकमा वाणिज्य (व्यापार) सन्धिमा आवश्यक पुनरावलोकन गर्ने समझदारी बनेको छ ।

 

वाणिज्य (व्यापार) सन्धि पुनरावलोकन प्राविधिक समितिको बैठकमा त्यससम्बन्धी विषयहरुमा छलफल भएको र बैठक सकारात्मक रहेको नेपाली प्रतिनिधिमण्डलका संयोजक रविशंकर सैंजुले बताए । 

 

उनका अनुसार, बढ्दो व्यापार घाटा, वैदेशिक लगानी तथा सन्धीमा भएका भन्साररहित सुविधा विषयमा बैठक केन्द्रित थियो । 

 

नोपली उत्पादन भन्साररहित सुविधामा भारत निकासी गर्दा कम्तीमा ३० प्रतिशत मूल्य अभिवृद्धि हुनैपर्ने हालको व्यवस्थालाई कम्तीमा २५ प्रतिशतमा झार्नुपर्ने नेपली पक्षको माग थियो । 

कान्तिपुर दैनिकबाट