स्वास्थ्य

हा.टा. डाक्टरः अर्थात हाजिर गरेर टाप कस्ने डाक्टर

शुक्रबार, २५ साउन २०७५ गते प्रकाशित
- नेपाल आज

हा.टा. डाक्टरः अर्थात हाजिर गरेर टाप कस्ने डाक्टर

जजरकोट - सरकारी कर्मचारीले कार्यालयमा उपस्थित भएको दिनमात्र हाजिर गर्न पाउँछन् । अन्यथा बिदा वा काज बस्नुपर्छ । 

 

जाजरकोट अस्पतालका चिकित्सकले भने महिनाभरीको हाजिरी एकैपटक गरेको पाइएको छ ।  

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानबाट काजमा खटिएकी स्त्रीरोग विशेषज्ञ डा. पूर्णिमा राईले महिनाको हाजिरी एकैपटक गरेकी हुन् । 

 

उनले गत साउन १८ गते नै आगामी ३१ गतेसम्मको हाजिरी गरेर नै जिल्ला छाडेको पाइएको हो । डा. राई गत जेठदेखि जाजरकोट अस्पताल गएकी हुन् । 

समाचारमा लेखिएको छ, जिल्ला स्वास्थ्य कार्यालयले उनलाई महँगो तलब दिएर जटिल प्रकृतिका सुत्केरीको शल्यक्रियाका लागि काजमा राखेको हो ।

 

कान्तिपुर दैनिकबाट