समाचार

अघिल्लो सरकारले देशलाई संकटमा पु¥यायो : प्रधानमन्त्री

शुक्रबार, २५ साउन २०७५ गते प्रकाशित
- नेपाल आज

अघिल्लो सरकारले देशलाई संकटमा पु¥यायो : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको सरकारले देशलाई ठूलो संकटबाट जोगाएको वक्तत्व दिएका छन् । प्रदेश ५ का बाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुसँगको भेलामा छलफल गर्ने क्रममा ठूलो चुनौती खेपेर नेकपा सरकारले काम गरिरहेको बताएका हुन् ।

 

अघिल्लो सरकारले देशलाई नाजुक अवस्थामा पु¥याएको हुँदा त्यसलाई माथि उकास्न नेकपा सरकार लागि परेको बताए । प्रधानमन्त्री ओलीले जनताले विस्वास गरेर बहुमतले जिताएको हुनाले जनताको अपेक्षालाई पुरा गर्ने प्रतिवद्वता जनाए ।

 

छलफलमा सांसदहरूले देशका देखापरेका विभिन्न प्रकोप र दुर्घटनाबारे सरकारलाई ध्यानाकर्षण गराएका थिए ।