समाचार

अर्थ

समाज

प्रदेश ३

मुस्ताङ दुर्घटनामा मृत्यु भएकाको परिवारलाई ५ लाख दिइने

सोमबार, २५ असार २०७५ गते प्रकाशित
- नेपाल आज

मुस्ताङ दुर्घटनामा मृत्यु भएकाको परिवारलाई ५ लाख दिइने

काठमाडौं । मुस्ताङको स्याङ्बोचेमा सडक दुर्घटनामा मृत्यु भएका २० जनाको परिवारलाई सरकारले प्रति व्यक्ति ५ लाखका दरले राहत दिने भएको छ । सोमबारको संसद बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त घटनाबारे जानकारी गराउँदै मृतकका परिवारलाई ५ लाख रुपैयाँ दिने जानकारी गराएका हुन् ।


मुस्ताङको स्याङ्बोचे लोमान्थाङ सडक निर्माणका क्रममा खाना खाएर ट्रिपर चढेर काम गर्न जाँदै गर्दा दुर्घटना हुँदा २० जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । उक्त घटनामा घाइते भएका १२ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनीहरु सबै खतरामु्क्त रहेका छन् ।

 

मृतकको शव सम्बन्धित जिल्लामा नै पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइने गृहमन्त्री थापाले जानकारी दिए । दुर्घटनामा सबैभन्दा धेरै रोल्पाका ९ जना र दाङका ६ जनाको मृत्यु भएको थियो । त्यस्तै धादिङ, स्याङ्जा, ओखलढुंगा, कैलालीका एक एक  जनाको मृत्यु भएको थियो ।