समाचार

व्यापार

अर्थ

बैंकिङ

देश

प्रदेश ७

५३ स्थानीय तह बैङ्कविहीन

सोमबार, २५ असार २०७५ गते प्रकाशित
- नेपाल आज

५३ स्थानीय तह बैङ्कविहीन

धनगढी  । प्रदेश नम्बर ७ का कुल ८८ स्थानीय तहमध्ये ५३ ओटा स्थानीय तहमा वाणिज्य बैङ्कको शाखा नपुगेको पाइएको छ । प्रत्येक स्थानीय तहमा वाणिज्य बैङ्कको कम्तीमा एउटा शाखा स्थापना गर्ने नेपाल राष्ट्र बैङ्कको नीतिअनुरूप वाणिज्य बैङ्कलाई ७ नम्बर प्रदेशका तोकिएका स्थानीय तहमा शाखा स्थापना गर्न निर्देशन दिइएको थियो ।

 

राष्ट्र बैङ्कले ७ नं प्रदेशभित्रका विभिन्न स्थानीय तहमा शाखा स्थापना गरी सञ्चालनमा ल्याउनुपर्ने भन्दै वाणिज्य बैङ्कहरूलाई २०७४ चैत १४ गते परिपत्र गरेको थियो । चालू आर्थिक वर्षको असार मसान्तभित्र शाखा सञ्चालनमा ल्याउन परिपत्र गरिए पनि सो निर्देशन हालसम्म कार्यान्वयन हुन सकेको छैन ।

 

विद्युत्, बैङ्क स्थापनाका लागि उपयुक्त भौतिक संरचना र सुरक्षालगायत कारण तोकिएको समयमा तोकिएको स्थानीय तहमा तोकिएका बैङ्कहरू पुग्न नसकेको सम्बद्ध बैङ्कका अधिकारीहरूले बताएका छन् ।