समाचार

अर्थ

अपराध सुरक्षा

समाज

प्रदेश ३

८ लाख भारुसहित एक जना पक्राउ 

आइतबार, २४ असार २०७५ गते प्रकाशित
- नेपाल आज

८ लाख भारुसहित एक जना पक्राउ 

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, पर्साले मोटरसाइकलको पेट्रोल ट्याङ्कीमा लुकाइएको ल्याइँदै गरेको अवैध ८ लाख १ हजार दुई सय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारी, ग्राम सुगौली ११ का २८ वर्षीय अभिजितकुमार सर्राफ छन् ।

 

रक्सौलतर्फबाट वीरगञ्ज आउँदै गर्दा उनलाई विशेष सूचनाको आधारमा बीआर ५के ६४४४ नम्बरको पल्सर मोटरसाइकलमा हिँड्दै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

 

उनले मोटरसाइलको तेलको ट्याङ्कीको आधा भागमा पेट्रोल र अर्को भागमा अवैध भारतीय रुपैयाँ लुकाएर ल्याउँदै गरेको अवस्थामा बरामद गरिएको बताइएको छ । पक्राउ परेका सर्राफलाई थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, पुल्चोक ल्याएको छ ।